Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वैकल्पिक आम्दानीको स्रोत बन्दै अम्रिसो

    वैकल्पिक आम्दानीको स्रोत बन्दै अम्रिसो

    By सूचनापाना२३ मंसिर २०८१, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले अम्रिसो खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । गैँडाकोट–३ र १८ का किसानले लगाएको अम्रिसोले भू–क्षय तथा पहिरो रोकथाम हुनुका साथै वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको हो ।

    SuchanaPana.com

    गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरीमगरले भिरालो जमिनमा अम्रिसोखेती गर्ने किसानहरू बढ्दै गएका भन्दै यसले पहिरो रोकथाममा सहयोग गर्ने विश्वास व्यक्त गरे ।वडाका दमार, बसेनीलगायत स्थानका किसानले सिँचाइ अभाव भएका क्षेत्रमा वैकल्पिक रूपमा अम्रिसोखेती गरिरहेका छन् ।

    ‘सिँचाइ अभाव भएका ठाउँमा अन्य खेती हुँदैन’, उनले भने, ‘अम्रिसो लगाएपछि खेती पनि हुने बर्खामा परेको पानीले जमिन कटान हुनबाट रोक्ने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको हो ।’ अम्रिसोखेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको वडाध्यक्ष चितौरीमगरले जानकारी दिए। अम्रिसोमा मेहनत बढी नपर्ने र आम्दानी पनि हुने भएकाले पछिल्लो समय किसानको जीविकोपार्जनमा वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको उनले बताए।

    ‘अम्रिसोबाट घर सफा गर्ने कुचो बनाएर बिक्री गरिने हुँदा बजारको अभाव छैन’, वडाध्यक्ष चितौरीमगरले भने, ‘नवलपुर बजार क्षेत्र, नारायणगढ, बुटवलका व्यापारीको सहयोगमा भारत र बङ्गलादेशसम्म यहाँको अम्रिसोको कुचो पुग्ने गरेको छ ।’

    कृषक लेखबहादुर आलेले अम्रिसो खेतीबाट आएको आम्दानीले जीविकोपार्जनमा सहजता भएको बताए। सिँचाइ अभावले बारीमा खेतीबाली कम हुने भन्दै उहाँले अम्रिसो गाई बाख्रालाई घाँसका रूपमा प्रयोग हुनुका साथै फुलेपछि कुचो बिक्री गरेर आम्दानी लिन सकिने बताए।

    यहाँका पहाडी क्षेत्रमा अधिकांश किसानले अम्रिसोलाई आम्दानीको वैकल्पिक माध्यम बनाउने गरेका आलेले उल्लेख गरे।

    ‘अम्रिसो खेतीमा हामीलाई दोहोरो फाइदा छ, पशु चौपायाका लागि घाँस खुवाउन पाइन्छ, कुचो बनाएर बेच्न पाइन्छ साथै पानी पर्दा माटो कटानसमेत रोकिन्छ’, उनले भने, ‘कुचो बिक्री गर्न पनि समस्या छैन, कसैले चामलसँग र कसैले पैसामा कुचो बिक्री गर्ने गरेका छौँ ।’

    गैँडाकोट–१८ मा धानखेती नहुने भएकाले किसानले धानसँग कुचोसमेत साट्ने आलेको भनाइ छ । ‘पहाडी क्षेत्रमा धानखेती कम हुन्छ । भएको खेतमा लगाएको धानले केही महिना मात्रै खान पुग्छ’, उनले भने, ‘यहाँका कतिपय किसानले सामूहिक रूपमा पनि अम्रिसोखेती गर्दै आएका छन् ।’

    गैँडाकोट–३ भुजेल बस्तीका युगबहादुर सारुले वार्षिक ५० हजार बढीको अम्रिसो बिक्री हुँदै आएको बताए। ‘घरमा आउनेलाई पैसामा बिक्री गर्छौं, गाउँतिर लिएर गयौँ भने धानसँग साटेर आउँछौँ’, उनले भने, ‘धान उब्जनी नभए पनि अम्रिसोसँग साटेर धान ल्याउन पाइन्छ ।’

    गाउँको भिरालो जमिन अम्रिसो खेतीले भरिएको भन्दै सारुले अहिले अम्रिसो फुल्न सुरु भइसकेको जानकारी दिए। केही वर्ष अघिसम्म झाडीले भरिएका डाँडोमा अम्रिसोखेती सुरु भएपछि डाँडा पनि हरियाली भएका उनले उल्लेख गरे।

    गैँडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको पहाडी क्षेत्रमा केही समुदायले कबुलियत वनमा अम्रिसोखेती गरिरहेका बताए ।

    ‘कतिले हामीमार्फत खेती गर्नुभएको छ, कति कृषकले सिधै सबडिभिजन वन कार्यालयमार्फत खेती गर्नुभएको छ’, उनले भने, ‘अन्नबाली नफल्ने भिरालो जमिनमा लगाइएको अम्रिसोबाट स्थानीयले आम्दानी गर्नुका साथै पहिरोको जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ ।’

    अम्रिसोखेती गर्ने किसानलाई पालिकाले आर्थिक अनुदानका साथै प्राविधिक सहयोग गर्दै आएको शर्माले बताए। प्रत्येक वर्ष मनसुन सुरु हुने बेलामा अम्रिसोको बिरुवा लगाउने, मङ्सिरमा फूल्ने र चैतसम्म काटेर बजार पठाउने गरिएको उनले जानकारी दिए।

    नगरपालिकासँगै सबडिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको कृषि शाखा प्रमुख शर्माले बताए। प्रत्येक वर्ष पहाडी क्षेत्रमा अम्रिसोखेती गर्ने कृषक र क्षेत्रफल बढ्दै गएको उनले उल्लेख गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.