काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।
फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् ।
त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
