काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउने भएका छन् । निजी भ्रमणको सिशशिलामा उनी पुस १३ गतेदेखि काठमाडौं आउन लागेका हुन् ।
उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले बतायो । कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीको निम्तोमा उनी नेपाल आउन लागेको स्रोतले जानकारी दिएको छ ।सुरक्षा स्रोतका अनुसार उनी श्रीमतीसहित नेपाल आउन लागेका हुन् ।
विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।
पछिल्लो पटक श्रीलंकामा देखिएको आर्थिक संकटपछि प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिएका थिए । त्यसपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री भएको केही महिनामा उनी राष्ट्रपति निर्वाचित भएका थिए । अहिले श्रीलंकामा अनुरा कुमारा दिसानायके राष्ट्रपति छन् ।
