Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश, सिन्धु जल सम्झौता पनि खारेज

    पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश, सिन्धु जल सम्झौता पनि खारेज

    By सूचनापाना११ बैशाख २०८२, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न आदेश दिएको हो ।

    SuchanaPana.com

    ४८ घण्टाको समयसीमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ । भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ । बैठकपछि निर्णय सुनाउँदै भारतीय विदेशमन्त्रालयका सचिव अजय मिस्रीले अब त्यस्ता भिसाबाट पाकिस्तानीहरूले भारत यात्रा गर्न नसक्ने व्यवस्था गरिएको बताएका छन् । त्यस्ता भिसा प्राप्त पाकिस्तानीहरूलाई ४८ घण्टाभित्र भारत छाड्न भनिएको उनले बताएका छन् ।

    अन्य पाकिस्तानीहरूलाई मे १ अगाडि भारत छाड्न भनिएको छ । भारत र पाकिस्तानबीच सिधा हवाइ उडान सञ्चालनमा छैन । जमिनबाट आवतजावत गर्ने एक मात्रै अटारी नाका पनि मंगलबारको बैठकले बन्द गर्ने निर्णय गरेको छ । त्यसअघि भारतमा रहेका पाकिस्तानीहरूले उक्त नाका प्रयोग गर्दै आफ्नो देश फर्कन सक्ने विदेशसचिव मिस्रीले बताएका छन् ।

    जमिनको नाका पनि बन्द गरेपछि भारत र पाकिस्तानबीच यातायात सिधा सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ । बैठकले सन् १९६० मा भएको सिन्धु जल सम्झौता पनि निलम्बित गर्ने निर्णय गरेको छ । विदेश सचिव मिस्रीले उक्त सम्झौतामा अस्थायी निलम्बन गर्ने निर्णय भएको बताए ।

    ‘सम्झौता तत्कालका लागि निलम्बन गर्ने निर्णय भएको छ । सीमापारि पाकिस्तानले आतंकवादलाई समर्थन नत्यागेसम्म निलम्बन जारी रहन्छ,’ मिस्रीले बैठकको निर्णय सुनाउँदै भने । विश्व बैंकको मध्यस्थतामा भएको उक्त सम्झौता दुई देशबीच युद्धको समयमा पनि कायम थियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । सन्धी निलम्बनले पाकिस्तानमा सिँचाईमा ठूलो प्रभाव पर्ने बताइएको छ ।

    बैठकले नयाँ दिल्लीमा रहेका पाकिस्तानी उच्च आयोगका रक्षा र सैन्य सल्लाहकारलाई अस्वीकार्य व्यक्ति (पर्सोना नन ग्राटा) घोषित गरी एक हप्ताभित्र भारत छाड्न भनेको छ । इस्लामावादमा रहेका आफ्ना रक्षा र सैन्य सल्लाहकारलाई पनि फिर्ता बोलाउने निर्णय भएको बिबिसीले जनाएको छ । उच्च आयोगमा कर्मचारीको संख्या ५५ बाट घटाएर ३० जना मात्रै कायम गर्ने निर्णय भएको बताइएको छ । मंगलबार जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ पर्यटकहरूको मृत्यु भएको थियो । यो दुई दशक यताकै ठूलो आतंकवादी हमला रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.