सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बगाएको छ ।
गएरातिको वर्षाका कारण मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।
पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका-७ र ८, हेलम्बु गाउँपालिका-२ र ३ तथा पाँचपोखरी-१ र २ वडाका वासिन्दा प्रभावित भएका छन्। वर्षा रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए ।
२०७८ को बाढीले पक्की पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।