Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पर्यटनमन्त्री आलेविरुद्धको रिट अघि बढाउँदै सर्वोच्च

    पर्यटनमन्त्री आलेविरुद्धको रिट अघि बढाउँदै सर्वोच्च

    By सूचनापाना९ असार २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ। उनको अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

    SuchanaPana.com

    तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए । सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए । सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ।

    दरपिठ बदरपछि अब मुद्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी दवावमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता पौडेलले भने,‘हामीले बुधबारको इजलासमा हाम्रा कुरा राख्यौं। प्रतिनिधिसभामा यो विषय हेर्न संसद् आचारण अनुगमन समिति नै गठन नभएको अवस्था रहेको कुरा पनि राख्यौं।’

    सो कुरा राखेपछि इजलासले मुद्दालाई अगाडि बढाउने बाटो खोलिदिएको उनले बताए। ‘हामीले पहिलो कुरा त्यो अडिओ सत्य होकी होइन भनेर स्वतन्त्र ल्याब परीक्षणको माग गरेका छौं। दोस्रो सामाजिक परीक्षण होस् भन्ने छ,’ उनले भने, ‘यदि साँच्चिकै मन्त्रीकै हो भने अयोग्य व्यक्ति मन्त्री पदमा बस्न हुन्न भनेर बर्खास्तीको माग गरेका छौं।’

    प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ अनुसार सांसदले ‘पालन गर्नुपर्ने आचार संहिता’ पालन नगरेको भन्दै अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले सर्वोच्च प्रशासनमा सो रिट दर्ता गराएका थिए। रिटमा संविधानको धारा १३३ को उपधारा (२) अनुसार ‘परमादेश’को आदेशसहित मन्त्री आलेको बर्खास्ती मागिएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.