काठमाडौँ । नेपाल प्रहरीको प्रमुख (आईजीपी) बढुवा सम्बन्धी विवादको हेर्दाहेर्दैमा रहेको अन्तिम सुनुवाइ आइतबार हुँदैछ। सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन्।
यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो। त्यसपछि ६ दिन सारिएको हो।।
आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
बैशाख २२ गते न्यायधिश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन्।