Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » संसद् बैठकको रोष्ट्रममा पहिलोपटक मन्त्री मनाङे, भन्छन्- ट्वाइलेट जाँदा पनि ग्राउण्ड मागेर इरिटेड बनाए

    संसद् बैठकको रोष्ट्रममा पहिलोपटक मन्त्री मनाङे, भन्छन्- ट्वाइलेट जाँदा पनि ग्राउण्ड मागेर इरिटेड बनाए

    By सूचनापाना२९ असार २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलोपटक प्रदेशसभाकाे राेष्ट्रममा उभिएर जवाफ दिएका छन् । मन्त्री र सरकारलाई गाली गरेर सधैँ चर्चामा आइरहने मनाङे पहिलो पटक आफ्नो मन्त्रालयलाई उठेको प्रश्नमाथि जवाफ दिन रोष्ट्रम पुगेका हुन् । तर, उनले रोष्ट्रममा पुगेर पनि सांसदहरूले उठाएको प्रश्न बाहिर सोध्न भनेका छन् ।

    SuchanaPana.com

    ‘प्रश्नहरू सजिलो छ, तर मलाई प्रश्न गर्नेभन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ आफ्नो जिल्लामा खेलकुदको बजेट नपरेको गुनासो सांसदहरूले राखेपछि जवाफ दिँदै उनले भने, ‘मैले पनि शिक्षा मन्त्रालयबाट २ शीर्षकमा २५ लाख पाएको छु । वन, कृषि मन्त्रालयबाट एक रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ ? त्यही भएर मलाई यहाँ आउन पनि मन लाग्दैन । आयो कि ग्राउण्ड कि ग्राउण्ड भन्छ । मत माननीयहरूको नाम पनि बिर्सिन्छु । कसले प्रश्न गर्नुभएको थियो, बाहिर भनेको भए रिस उठ्ने कुरा हो ।’

    उनले रातो किताब सबै सांसद्ले पाएको भन्दै आफ्नो जिल्लाको कार्यक्रम हेर्न सुझाए । ‘रातो किताब पाउनुभएको छ । त्यहाँ हेर्नुस् न । सबैमा बजेट परेको छ,’ उनी भन्छन्, ‘दुई सय पाँचवटा ग्राउण्ड मैले गत वर्ष बनाएको छु । त्यो हेर्न सक्नुहुन्छ । कसैले पैसा लगेर बनाएको छैन भने, तपाईंहरू सांसद हो, समात्नुस् ।’

    उनले आफ्नो मन्त्रालयमा अत्यधिक सचिव सरुवा हुने कारणले काम गर्न नसकेको गुनासो गरे । उनले जसले पनि खेल मैदान मागेर आफूलाई हैरान बनाएको बताए ।

    ‘अघि म ट्वाइलेट गएको त्यहाँ पनि चारजना आएर खेल मैदान हाल्देउ भन्छ । मैले खनेर बनाउने हो र ? मलाई त इरिटेड बनाए, पद नै दिउँ जस्तो लागिसक्यो,’ उनले भने, ‘सर्वसाधारणको पनि आवाज आएको छ । हामीले चाहेर पनि धेरै गर्न सक्दैनौं । कि ५७ करोड दिनुपर्छ, नत्र मन्त्रालय नराखे हुन्छ । यसको काम पनि छैन । जुन मन्त्रीले केही गर्न सक्दैन, मन्त्रीको बेइज्जत हुन्छ ।’

    मनाङेले आफू भाषण गर्ने मान्छे नभएकोले भाडामा पाए भाषण गर्ने मान्छे राख्ने बताए । ‘तपाईंहरु जस्तो किन्तु परन्तु भनिनँ । म भाषण दिएर हिँड्ने मान्छे हैन, मेरो सट्टामा भाडामा कसैले भाषण गरिदिए, त्यसैलाई ल्याउथें । त्यसलाई १०–२० हजार दिन्थें,’ यसअघि कहिल्यै रोष्ट्रम नपुगेका उनले भने, ‘म जबरजस्ती आएर बोलिरहेको छु । ब्राजिलमा पनि यति धेरै ग्राउण्ड छैन होला । तै पनि पुगेन भन्छ । तर, पनि मैले कोशिस गरेको छु । तपाईंहरुले धेरै इरिटेड गरिरहनुभएको छ । कि पद पनि लानुस् । कोही छ भने आउनुस, लिएर जानुस् । अत्ति इरिटेड भइसकेँ ।’

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.