Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » संसद् बैठकको रोष्ट्रममा पहिलोपटक मन्त्री मनाङे, भन्छन्- ट्वाइलेट जाँदा पनि ग्राउण्ड मागेर इरिटेड बनाए

    संसद् बैठकको रोष्ट्रममा पहिलोपटक मन्त्री मनाङे, भन्छन्- ट्वाइलेट जाँदा पनि ग्राउण्ड मागेर इरिटेड बनाए

    By सूचनापाना२९ असार २०७९, बुधबार

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलोपटक प्रदेशसभाकाे राेष्ट्रममा उभिएर जवाफ दिएका छन् । मन्त्री र सरकारलाई गाली गरेर सधैँ चर्चामा आइरहने मनाङे पहिलो पटक आफ्नो मन्त्रालयलाई उठेको प्रश्नमाथि जवाफ दिन रोष्ट्रम पुगेका हुन् । तर, उनले रोष्ट्रममा पुगेर पनि सांसदहरूले उठाएको प्रश्न बाहिर सोध्न भनेका छन् ।

    SuchanaPana.com

    ‘प्रश्नहरू सजिलो छ, तर मलाई प्रश्न गर्नेभन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ आफ्नो जिल्लामा खेलकुदको बजेट नपरेको गुनासो सांसदहरूले राखेपछि जवाफ दिँदै उनले भने, ‘मैले पनि शिक्षा मन्त्रालयबाट २ शीर्षकमा २५ लाख पाएको छु । वन, कृषि मन्त्रालयबाट एक रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ ? त्यही भएर मलाई यहाँ आउन पनि मन लाग्दैन । आयो कि ग्राउण्ड कि ग्राउण्ड भन्छ । मत माननीयहरूको नाम पनि बिर्सिन्छु । कसले प्रश्न गर्नुभएको थियो, बाहिर भनेको भए रिस उठ्ने कुरा हो ।’

    उनले रातो किताब सबै सांसद्ले पाएको भन्दै आफ्नो जिल्लाको कार्यक्रम हेर्न सुझाए । ‘रातो किताब पाउनुभएको छ । त्यहाँ हेर्नुस् न । सबैमा बजेट परेको छ,’ उनी भन्छन्, ‘दुई सय पाँचवटा ग्राउण्ड मैले गत वर्ष बनाएको छु । त्यो हेर्न सक्नुहुन्छ । कसैले पैसा लगेर बनाएको छैन भने, तपाईंहरू सांसद हो, समात्नुस् ।’

    उनले आफ्नो मन्त्रालयमा अत्यधिक सचिव सरुवा हुने कारणले काम गर्न नसकेको गुनासो गरे । उनले जसले पनि खेल मैदान मागेर आफूलाई हैरान बनाएको बताए ।

    ‘अघि म ट्वाइलेट गएको त्यहाँ पनि चारजना आएर खेल मैदान हाल्देउ भन्छ । मैले खनेर बनाउने हो र ? मलाई त इरिटेड बनाए, पद नै दिउँ जस्तो लागिसक्यो,’ उनले भने, ‘सर्वसाधारणको पनि आवाज आएको छ । हामीले चाहेर पनि धेरै गर्न सक्दैनौं । कि ५७ करोड दिनुपर्छ, नत्र मन्त्रालय नराखे हुन्छ । यसको काम पनि छैन । जुन मन्त्रीले केही गर्न सक्दैन, मन्त्रीको बेइज्जत हुन्छ ।’

    मनाङेले आफू भाषण गर्ने मान्छे नभएकोले भाडामा पाए भाषण गर्ने मान्छे राख्ने बताए । ‘तपाईंहरु जस्तो किन्तु परन्तु भनिनँ । म भाषण दिएर हिँड्ने मान्छे हैन, मेरो सट्टामा भाडामा कसैले भाषण गरिदिए, त्यसैलाई ल्याउथें । त्यसलाई १०–२० हजार दिन्थें,’ यसअघि कहिल्यै रोष्ट्रम नपुगेका उनले भने, ‘म जबरजस्ती आएर बोलिरहेको छु । ब्राजिलमा पनि यति धेरै ग्राउण्ड छैन होला । तै पनि पुगेन भन्छ । तर, पनि मैले कोशिस गरेको छु । तपाईंहरुले धेरै इरिटेड गरिरहनुभएको छ । कि पद पनि लानुस् । कोही छ भने आउनुस, लिएर जानुस् । अत्ति इरिटेड भइसकेँ ।’

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.