काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली काँग्रेससँगै सहकार्य हुने बताएका छन् ।
बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन ।
प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुङ्गिएको बताएका थिए ।
‘गठबन्धनभित्रै वामपन्थीहरूको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुङ्गिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए ।
पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने गजुरेलले जानकारी दिए ।