काठमाडौं — राजधानीको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको पुष्टि गरे ।
हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।
विस्तृत विवरण आउन बाँकी छ।