Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा लगाए कारबाही हुन्छ : मेयर साह

    अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा लगाए कारबाही हुन्छ : मेयर साह

    By सूचनापाना६ भाद्र २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पार्किङको नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको बताएका छन् ।

    SuchanaPana.com

    गत साउन २ गते महानगरले बानेश्वरका ठूला भवनमा ३५ दिनभित्र अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिँदै पार्किङ गर्न भनी नक्सा पास गराई व्यवसाय सञ्चालन गर्न नपाइने सूचना दिएको थियो । सूचना दिएको ३५ दिनपछि अर्थात् आज महानगर प्रमुख शाह आफैँ अन्डरग्राउन्ड खाली भए(नभएको अवलोकन गर्न पुगे ।

    निर्वाचित भएपछि प्रायः फुटपाथ हटाउने विषयमा बानेश्वर धाइरहेका प्रमुख शाह आज पनि बानेश्वर पुग्दा धेरैले फुटपाथ व्यापार अवलोकन गर्न आएको अनुमान पनि लगाए । यद्यपि आज भने बालेन अन्डरग्राउन्ड पार्किङ अवलोकन गर्न पुगेका थिए ।

    तर, व्यवसायीहरूले महानगरको सूचनालाई बेवास्ता गरी व्यवसाय सञ्चालन गरिरहेका थिए । आज करिब साढे ११ बजे बालेन बानेश्वर पुगेका थिए । बानेश्वरको संसद् भवनको पश्चिम गेट अगाडिको भवनबाट उनले अवलोकन सुरु गरे ।

    शाह अन्डरग्राउन्ड व्यवसाय भएको हरेक भवनमा छिरे । कपडा पसल, मोबाइल पसल, होटल, औषधि पसललगायतका व्यवसायहरू अन्डरग्राउन्डमा सञ्चालन भइरहेका छन् । व्यवसायीहरूलाई अन्डरग्राउन्ड खाली गर्नुपर्ने जानकारी भए पनि बेवास्ता गरेको प्रस्टिन्छ । किनकि यसभन्दा अघि कहिल्यै सूचना नआएको र अब पनि महानगर चुप नै रहला भन्ने अनुमान गरेको व्यवसायीहरू पनि स्वीकार्छन् ।

    शाहले अवलोकनमा पुगेकै समय नै एक घरधनी गुनासो गर्दै थिए । उनले अन्डरग्राउन्डमा कपडा पसल व्यवसायीलाई बहालमा दिएका छन् । उनका अनुसार आफूले सवारीसाधन पार्किङ गर्न नक्सा पास नगरेकाले पार्किङ गर्न ठाउँ नदिएको गुनासो गर्दै थिए । तर, अन्डरग्राउन्डमा सवारीसाधन पार्किङ नगरी नक्सापास गर्न नपाइने नियम नै छ। त्यसैले काठमाडौं महानगरपालिकाले आजै अन्डरग्राउन्ड पार्किङका पसल हटाउन सुरू गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.