Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जनताले तिरेको करमाथि जनप्रतिनिधिको रजाँइः तीजको नाममा जथाभावी खर्च

    जनताले तिरेको करमाथि जनप्रतिनिधिको रजाँइः तीजको नाममा जथाभावी खर्च

    By सूचनापाना१३ भाद्र २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    अनुसा थापा,

    SuchanaPana.com

    मुलुकभर वा राजधानीमा यतिखेर तीजको लहर चलेको छ । हिन्दु महिलाहरुले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा हरेक चाडपर्वमा परिवर्तन आएको छ । पहिलेजस्तो रौनक र महत्व पनि घट्दै गएको छ । चाडपर्वहरु एकदमै भड्किलो हुदैं गइरहेका छन् । तीमध्ये एक तीज पनि हो ।

    दुई दशक अघिसम्म चेलीबेटीका लागि तीज भनेपछि केके न आयो जस्तो हुन्थ्यो । आफ्नो जन्मथलो जानकै लागि पनि छोरीचेली तीजको पर्खाइमा बस्थे । तीज आउनुभन्दा एकदिन अघि दाजुभाइहरु दिदीबहिनी लिन उनीहरुको घर जान्थे । तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो । नाँच्ने, गाँउने र रमाउने त तीजको दिन मात्र हुन्थ्यो । जसले गर्दा तीजको रौनक पनि छुट्टै थियो ।

    बल्लतल्ल माइती पुगेका चेलीबेटीहरु तीजको दिन आफ्नो वर्षको पीडा, हर्ष पोख्थे । दाजु भाइ, आमाबुवासंग आफ्ना मनका कुराहरु बिसाउथे । तीज महिलाको चाड भएकाले यसमा पुरुषहरुको सहभागिता रहदैन्थ्यो । तर, अहिले तीजले धेरै विकृति ल्याएको छ । तीज आउनुभन्दा दुई महिना अघिदेखि नै दर खान शुरु गरिन्छ । त्यो पनि घरमा नभई पार्टी प्यालेसमा ।

    महिलाहरु तीज आउनुभन्दा दुई महिना अघिदेखि नै पार्टी प्यालेसमा नाच्ँन, गाउन पुगिहाल्छन् । मदिरा सेवन, उत्ताउलो नाँचगान अहिले त प्रचलन बनिसकेको छ । मँहगा वस्त्र लगाएर, गरगहना भिरेर नाँच्न गाउने जानेको संख्या बढेको छ । यता, पुरुषहरु पनि तीजको दर खान पुगेका छन् । स्वास्नीको पछि लागेर लोग्नेहरु पनि तीजको कार्यक्रममा नाँच्न पुगेका छन् ।

    यता, जनप्रतिनिधिहरुले समेत भोटका लागि तीजको कार्यक्रम आयोजना गरेका छन् । अधिकांश नगरपालिका, वडाले निःशुल्क तीजको दर खुवाउने कार्यक्रम राखेको छ, त्यो पनि मँहगा पार्टी प्यालेसमा । यता, जनताहरु पनि त्यो रकम कहाँबाट आयो ? भनेर सोचविचार नै नगरी भोज खान पुगेका छन् । आज निःशुल्क खुवाउछ भोलि हामीलाई नै तिराउछ भन्ने कुरा बिर्सिएको स्पष्ट बुझिन्छ ।

    वडाध्यक्ष, नगर प्रमुखहरुले तीजको कार्यक्रम पैसाको खोलो बगाएका छन् । कारण एउटै हो भोट । त्यति खान दिइसकेपछि भोट सजिलै पाइन्छ । कसैले आफ्नो पार्टीको विरोध गर्दैन् भन्ने सोचाइ राखेर सित्तैमा तीजको भोज खुवाएको हो । यो रकम पनि जनप्रतिनिधिहरुले भ्रष्ट्राचार गरेरै आएको हो । तीजमा राजनीतिक छिरेको छ । चाडपर्वमा राजनीति छिर्दा त्यसले धेरै असर गर्छ ।

    तीजको नाममा ठूल्ठूला आवाजमा गीत बजाउने र अरुलाई डिस्टर्ब गर्ने । यो क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । आफ्नो स्वार्थका लागि अन्यलाई दुःख दिन त पाइएन् नि । चाडबाडका नाममा विकृति र बेसङगति फैलिएको छ । भ्रष्ट्राचार गरेर जोडेको सम्पत्ति पोख्ने राम्रो माध्यम तीज बनेको छ । राजनीतिक दलदेखि सरकारी कर्मचारीका श्रीमतीहरुले तीजको रमझममा भ्रष्ट्राचार गरेको सम्पत्ति उडाइरहेका छन् ।

    नेपाली समाजमा तँ ठूलो कि म ठूलो भन्ने प्रवृत्ति अझै पनि यथावत् छ । आफूलाई अरुभन्दा माथि देखाउन यहाँ होडबाजी नै चल्ने गरेको छ । देखासिकी यसको प्रमुख कारण हो । चाडपर्व पनि देखासिकी गरेर मनाउन थालिएको छ जसले गर्दा बेतिथि बढ्यो । हाम्रो मुलुकमा धेरै जनता मागेर खाइरहेका छन् । उपचार नपाएर सडकमा थलिएका छन् । तर, यसतर्फ कसैको अलिकति पनि ध्यान जादैन् ।

    तीजमा जथाभावी खर्च गर्नुको साटो कसैलाई सहयोग गरिदिने हो भने बिरामीले नयाँ जीवन पाउथें । खान नपाएकाले एक पेट भएपनि टन्न खान पाउथें । आश्रमतिर लगेर दान गरिदिदाँ बुढाबुढी र बालबालिकाको अनुहारमा अलिकति भए पनि चमक आउथ्यो । तर, सहयोग गर्न भनेपछि नेपालीको हात काम्छ । भोज खुवाएर सिद्धयाउछन् तर गरिबलाई दिन भनेपछि उनीहरुको दाँतबाट पसिना आँउछ ।

    तीजको अवसरमा दुई महिनाअघि देखि नाँच्नुको साटो आफ्नो घर वरपर सरसफाइ गर्दा सबैलाई सहज हुन्थ्यो । सडक बोढरकुढार पारेर चिटिक्क बनाउने, वृक्षरोपण गर्नेलगायतका काम गर्दा आफू बस्ने समाज सफासुग्घर देखिन्थ्यो । तर, यसतर्फ कसैको ध्यान जादैंन् । नाँच्न जान भनेर सबैसंग फुर्सद हुन्छ तर आफ्नै टोल समाज सफा गर्न कसैसंग समय हुदैंन् ।

    देशका जनता नै यस्तो भएपछि मुलुकको अनुहार फेरिनु असम्भव कुरा हो । यता, वडा र नगरपालिकाले अहिले जति पनि तीजका कार्यक्रम गरिरहेको छ, यो सब जनताले तिरेको कर हो । जनताले तिरेको कर जनप्रतिनिधिले जथाभावी खर्च गर्न पाउदैनन् । आफ्नो कार्यकर्ता खुसी पार्नका लागि जनप्रतिनिधिले मनोमानी चलाएका छन् । वडा र नगर पालिकासंग तीजको कार्यक्रम गर्न जति पनि बजेट छ ।

    तर, मिर्गौला, क्यान्सरजस्ता अन्य रोगबाट पीडितलाई सहयोग गर्न बजेट छैन् । उनीहरुको उपचारमा थोरै भएपनि सहयोग गरिदिऊ भन्ने भावना अहिलेका जनप्रतिनिधिमा पाइदैंन् । बाउआमा गुमाएका टुहुरालाई पनि सहयोग गर्ने चलन छैन् । तर, तीजको कार्यक्रममा लाखौं रुपैंया खर्च गरिएको छ । यस्ता जनप्रतिनिधिले के स्थानीय तहमा सुधार्न गर्लान् । जनताले तिरेको करमा वडाध्यक्ष र मेयरको रजाँइ चलेको छ ।

    कार्यक्रम राख्ने अनि ठूलै नेता गएर दन्काउने । नेतालाई यस्तो अनुचित कार्य गर्न नैतिकताले दिन्छ ? गयगुज्रिएका नेताकै कारणले पनि हाम्रो चालचलन संकटमा परेको छ । यसमा पार्टी प्यालेसको पनि उत्तिकै हात छ । आखिर व्यापारीलाई जसरी हुन्छ कमाउनेतिर मात्र ध्यान हुन्छ । पार्टी प्यालेस सञ्चालकले अन्य समय आफ्नो कार्यक्रम त्यही गर्छन् अनि मौका छोपेर सञ्चालकहरुले फाइदा उठाउछन् ।

    घरपरिवार पनि जिम्मेवार हुनुपर्ने बेला आएको छ । सबैले छुट पाउनुपर्छ तर त्यसको पनि एउटा निश्चित सीमा हुन्छ । आफ्नो हकअधिकार प्रयोग गर्ने भन्दैमा समाजमा बसोबास गर्ने अन्यलाई दुःख दिन पाइदैंन् । घरका पुरुषहरु महिलाको अगाडि निरीह बन्दा पनि यो क्रम बढेको हो । सही र गलत छुट्याउन नसक्नु र अरुको लहैलहैमा दौडिनुले मुलुकलाई ठूलो क्षति पुर्याउछ ।

    घरको मूलीसंग घर सञ्चालन गर्न सक्ने क्षमता नहुँदा विकृति मौलायो । पुरुषहरु नै तीजको कार्यक्रममा पुगेर नाँचिरहेको भेटिन्छन् । पुरुषहरु तीजको कार्यक्रम गर्न जान मिल्छ ? महिलाको कार्यक्रममा पुरुष पुगेर छमछमी नाँच्नुले समाजलाई कतातिर लैजादैछ भनेर स्पष्ट देखाएको छ । पुरुषको प्रमुख चाड भनेको जनै पूर्णिमा हो । पुरुषले तीज मनाउने हो भने महिलाले पनि जनै बाध्न थाले हुन्छ ।

    तीज मनाउन जाँदा टन्न गरगहना लगाएर हिँडेको देखिन्छ । यसले सुरक्षामै खतरा देखिएको छ । धाग दिन खाज्दा चोरीका घटना बढ्ने निश्चित छ । सुनकै कारणले भोलि ज्यान जानेसम्मको अवस्था बन्न सक्छ । एउटाले टन्न गहना लगाएको देखेपछि अर्कोलाई पनि उही रहर जाग्छ । ऋण लिएर, सम्पत्ति बेचेर तीज मनाउने काम भइरहेको छ । घाँटी हरेर हाड निल्नु भनेर बुढापाखाले भनेका कुरा सबैले बिर्सिएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.