काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतमाथि गम्भिर प्रश्न उठाएका छन् । उच्च अदालत पाटनले टुकुचा खोला वरपरको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रश्न गरेका हुन् ।
उनले भनेका छन् – फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा (इछुमती) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ रु
बुधबार २३ वटा रिट निवेदनमाथि सुनुवाई गर्दै अदालतले टुकुचामाथि बनेका उक्त घर तथा जग्गालाई कुनै क्षति पुग्ने गरी कार्य नगर्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

