Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पितृ खुशी नभएको भन्दै कुटेर एक महिलाको हत्या

    पितृ खुशी नभएको भन्दै कुटेर एक महिलाको हत्या

    By सूचनापाना१० आश्विन २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । पितृ खुशी नभएको भन्दै भेला भएका माझी समुदायको कुटपिटबाट ५५ बर्षिय बिबि माझीको हत्या भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ आइतवार भेला भएका माझी समुदायले कुटेर माझीको हत्या गरेका हुन् ।

    SuchanaPana.com

    माझीहरुको कुटाईवाट मृतककी ७० बर्षिय आमा सुनमाया माझीको अवस्था गम्भिर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताए ।

    डिएसपी थिङका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा ७ जना महिला सहित २३ जनालाई प्रक्राउ गरिएको छ । आफुले मृतकलाई कुटपिट नगरेको र पितृ खुशी नभएको कारण पितृले नै आएर कुटपिट गरि मारेको बयान प्रक्राउ परेका सबैजनाले दिएका छन् ।

    सोह्रश्राद्ध माझि समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो । उनीहरुको संस्कार अनुसार सोह्रश्राद्धमा मरेका पितृहरुलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शरिमा पितृ आउने ,त्यो बेला काम छुट्ने र परिवारको कुनै एक सदस्यको शरिरमा पस्ने गर्छ भन्ने विश्वास माझी समुदायमा रहेको छ । जसको शरिरमा पितृ पस्ने वित्तिकै ऊ काम्ने गर्दछ् । घाटवाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोली पल्ट एकदिन सत्कार सहित घरमा पाल्ने गरिन्छ र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने (नदीमा) चलन छ ।

    नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरुको शरिरमा पितृ खुशी हुन्छन् भन्ने विश्वास माझी समुदायको रहेको छ । यो सँगै उनीहरुको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर यसपटक भने बिगत वर्षको जस्तो भएन । पितृलाई बगाउँदा समेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी रहे । उनीहरुले पितृले गर्दा काम्न नछोड्नुमा दोषी गाउँकै बिबि माझीको रहेको निष्कर्ष माझी समुदायले निकाले ।

    त्यस पश्चात उनीहरु बिबि माझी र उनकी आमा सुनमाया माझी बसिरहेको घरमा काम्दै पुगे । बिबिलाई चामलको अक्षताले हान्दै उनिहरूले कुटपिट गर्न थाले । त्यही समयमा घुम्दै एउटा बिरालो बिबिको घरमा आइपुग्यो । माझी युवायुवतीले उक्त विरालो समाते । उनिहरूले त्यो बिरालोलाई त्यही काटेर आँगो बालेर त्यही घटनास्थलमा नै पोले । त्यती बेलासम्म बिबिको मृत्यु भइसकेको थियो । उनीहरुले बिबि माझी बोक्सी भएको र उसको शरिरवाट बिरालो उत्रिएकाले बिरालो काटेपछि बिबि मरेकी माझी समुदायको निष्कर्ष थियो ।

    छोरीको मृत्यु भएपछि उनकी आमा सुनमायालाई घरवाट आँगनमा निकालेर युवायुवतीले कुटपिट गर्न थाले । सो घटनाको बिषय स्थानियले जानकारी पाएसँगै उनीहरु घटनास्थल पुगे । घटनास्थल पुगेका स्थानियले उद्धार गर्न नसकेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

    घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीले पहिलो पटक उनीहरुलाई नियन्त्रण लिन सकेन । बल्लतल्ल प्रहरीको दोश्रो प्रयासमा सुनमायाको उद्धार गर्न सफल भयो । प्रहरीले नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको छ ।

    शरिरमा पितृ चढेको भन्दै काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफुहरुलाई केही थाहा नै नभएको प्रहरी समक्ष बताएका छन् । उनीहरुले मृतक बिबिलाई पितृ नै आएर कुटपिट गरेर मारेको बताएका छन् । उनीहरुले पितृ आफ्नो शरिरमा चढेपछि आफुहरुलाई केही पनि थाहा नहुने भएकाले सो घटनाको बिषयमा आफुहरु अनविज्ञ रहेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.