Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रस्तावित ३ जना न्यायाधीशको सुनुवाइविनै अनुमोदन हुने

    प्रस्तावित ३ जना न्यायाधीशको सुनुवाइविनै अनुमोदन हुने

    By सूचनापाना१२ आश्विन २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्यायपरिषद्बाट प्रस्तावित ३ जनाको नाम संसदीय सुनुवाइ नभई अनुमोदन हुने भएको छ।

    SuchanaPana.com

    गत असोज १ गतेदेखि प्रतिनिधिसभा कायम नभएकाले अब उनीहरूको संसद्मा पत्र आएको ४५ दिनपछि स्वत अनुमोदन हुने भएको हो।

    न्यायपरिषद्ले सिफारिस गरेर संसदमा पठाएका तीनजना प्रस्तावित न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डिएन पराजुली अब कात्तिक पहिलो हप्तामा नियुक्ति हुन योग्य बन्ने छन्।

    भदौ २१ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा दीक्षित, शर्मा र पराजुलीको नाम सिफारिस गरेको थियो नियुक्तिको पत्र पनि सोही दिन संसद सचिवालयमा पठाएको थियो। संसदमा प्रस्तावित न्यायाधीशको नाम आएपछि भदौ २८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले दश दिने उजुरी आह्वान गरेको थियो। जसबाट असोज ७ गते दश दिनपुगेको थियो। तर, असोज १ गतेपछि संसदको कार्यकाल सकिएकाले सुनुवाई समिति नै नभएपछि यो प्रक्रिया अब रोकिएको छ।

    संसद् रहेको भए उनीहरूलाई समितिमा बोलाएर सुनुवाइ गरी समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरूलाई नियुक्तिको लागि बाटो खुल्थ्यो। सुनुवाइ समिति सभापति रहेका लक्ष्मणलाल कर्णले आफू संसद् सदस्य नभएकाले अब प्रस्तावित न्यायाधीशहरूको अनुमोदन समितिबाट नहुने बताए। उनको भनाईबाट पनि अब प्रक्रिया सुरु भएको ४५ दिनपछि उनीहरू स्वतः न्यायाधीशको नियुक्ति लिन सक्नेछन्।

    सघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २६ मा भनिएको छ, ‘समितिमा सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदको लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनु पर्नेछ। उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाईका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन।’

    नयाँ प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ। नयाँ संसद् गठन भएर आइसक्दा र समिति गठन हुन महिनौ लाग्नेछ। समितिमा सदस्यको पद रिक्त हुनका लागि संघीय संसदको सदस्य नरहेमा भन्ने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य नभएकाले १५ सदस्यी संयुक्त समितिमा बैठक सञ्चालनको लागि समितिको सम्पूर्ण सदस्य संख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित हुनु पर्ने व्यवस्थाको पालना गर्न सम्भव छैन।

    अहिले समितिमा राष्ट्रियसभाका जितेन्द्र नारायण देव, नन्दा चपाई, र खिमलाल भट्टराई गरी तीनजना मात्र बाँकी छन्। तीन जनाले बैठक बस्न नमिल्ने भएका कारण अब नयाँ प्रतिनिधिसभा नआइकन संसदीय समिति निस्क्रिय बन्न पुगेको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.