Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

    जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

    By सूचनापाना१३ आश्विन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    जुम्ला । जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

    SuchanaPana.com

    हिमा गाउँपालिका(१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार टाउकोमा चोट लागेका न्यौपानेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ ।

    हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका-१ को बझाङगे खोलामा भएको हो । दुर्घटनापछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र प्रारम्भिक उपचार खर्च पनि व्यहोरिएको छ ।

    जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको ट्रक राति दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका-१ मा रहेको प्रहरी चौकीले उद्धार गरेको थियो । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाइतेलाई तत्काल कर्णाली प्रतिष्ठान पुर्‍याएको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.