Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काभ्रेमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

    काभ्रेमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

    By सूचनापाना१५ आश्विन २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काभ्रे । काभ्रेमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

    SuchanaPana.com

    काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैँको लागि खसी लिएर आउँदै गरेको बा५च ४११७ नम्बरको बोलेरो दुर्घटना भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृतक जिम्बाको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ।

    त्यस्तै घाईते ५ जनालाई उपचारका लागि अस्पताल लागिएको छ। जसमा शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेको छ भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर बल र पुतलीमाया बल रहेका छन्। घाइतेहरूको दाँत, हाँत आदि भाँचिएका छन्।

    घाइतेमध्ये पुतलीमायाको अवस्था गम्भीर रहेको अस्पतालले जनाइएको छ। बलबहादुर र पुतलीमाया श्रीमानश्रीमती हुन्। बोलेरो गाडीमा १० सवार रहेको मित्र बल लगायतका ३ जनाको भने सामान्य चोटपटक लागेको छ।

    बोलेरो शनिबार विहान अन्दाजी साढे २ बजेतिर दुर्घटना भएको अनुमान गरिएको छ। बोलेरो गाडी सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    डिएसपी न्यौपानेले बोलेरो चालक र सहचालक फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको बताए। उनका अनुसार सवारी धनी भने प्रहरीको नियन्त्रणमा रहेको रहेको छ।

    खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले दुर्घटना भएको सूचना प्राप्त हुन साथ घाइतेको उद्धारको लागि तत्काल गाउँपालिकाको एक र बेथानचोक गाउँपालिका दुई वटा एम्वुलेन्स घटनास्थलतर्फ पठाएका थिए।

    उनका अनुसार दुर्घटनामा परेर ६५ वटा खसीमध्ये एउटा मरेको छ भने ४ वटा घाइते भेटिएको जानकारी दिए। उनले अन्य खसीको खोजी भइरहेको बताए।

    घाइते तथा मृतकका काका जिम्बाले दुर्घटना भएको स्थान गाउँदेखि टाढा हुनुको साथै उद्धार टोली समयमा पुग्न नसक्दा आफ्नो भतिजको मृत्यु हुन पुगेको बताए। त्यस्तै उनले बोलेरो चालक गाडीबाट उफ्रिएर भागेको आफुले देखेको समेत बताए। बोलेरो चालक खानीखोला–१ धार्नेको रहेको बुझिएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.