Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु

    जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु

    By सूचनापाना३१ आश्विन २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो ।

    SuchanaPana.com

    विशेष गरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जङ्गली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जङ्गलीमा पाइने जडीबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् ।

    गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन सुरु गरिएको हो । स्थानीय युवा मिलेर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा कालिज व्यवसाय थालनी गरिएको रामचन्द्र कार्कीले जानकारी दिए । उनले भने ,“जङ्गलीमा पाइने कालिजलाई लुकीछिपी चोरी सिकारी हुन्छ, यसको रोकथाम हुनुपर्छ भन्ने हामीले ठानेका छौँ । ” उनले जङ्गली कालिजकै स्वाद दिलाउने हेतुले घरमै कालिजपालन सुरु गरिएको बताए । गाउँकै अन्नलाई दानाको रुपमा प्रयोग गरेकाले जङ्गलीमा पाइने कालिजको जस्तै स्वाद पाइने उनको दाबी छ ।

    यो व्यवसाय गाउँमै रहेका सात कार्की परिवारका युवा मिलेर गरेका हुन् । उनीहरुले व्यवसायलाई भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि नामकरण गरेका छन् । साँगाबाट रिङनेट जातको कालिजको ५३ चल्ला ल्याएर सुरु गरिएको हो । कालिज अहिले मासुका लागि योग्य भइसकेको जनाइएको छ । जङ्गलीमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेको साथीहरुको फार्ममा पालेको देखेपछि हाइड्रोपावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिज पालन व्यवसाय गर्ने सोच पलाएपछि आफ्ना दाजुभाइको सल्लाहअनुसार व्यवसाय सुरु भएको हो ।

    उनका अर्का साझेदार यज्ञराज कार्कीका अनुसार मासुका लागि कालिज मात्र नभएर अण्डा र चल्लासमेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायमा सुरु गरिएको हो । “हामी मासुका लागि कालिजसहित चल्ला र अण्डा उत्पादनलाई पनि जोड दिन्छौँ”, उनले भने, “हामी मात्रै नभएर सिङ्गो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो ।”

    राजधानीका विभिन्न रेष्टुराँमा मात्र नभई जिल्लाकै सुकुटेलगायतका पर्यटकीय क्षेत्रका होटलले कालिज उपलब्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताए। राम्रो उत्पादन नै सुरु नभई पर्याप्त माग आउन थालेको उनले बताए । उहाँहरु कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रबन्ध मिलाउने तयारीमा समेत लागेका छन् ।

    कालिज पालन सुरु गरेसँगै उनीहरुले केही समस्या पनि झेलिरहेका छन् । कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ नहुँदा कुखुरालाई गर्ने उपचार गराउनुपरेको रामचन्द्रले गुनासो गरे । अन्य मुलुकमा कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ भए पनि नेपालमा अझै यसको व्यवस्था हुन नसकेको उनको गुनासो थियो । कालिजको बिमा गर्ने व्यवस्था नहुँदा जोखिमसमेत आफैँले व्यहोर्नुपर्ने अवस्था रहेको यज्ञले बताए ।

    “कालिजको बिमा गर्ने कुरा गर्दा ब्रोइलर कुखुराको मूल्यमा गर्नुपर्ने रहेछ”, उनले भने “त्यो मूल्यमा बिमा गर्दा त कालिजको मूल्यको पाँच प्रतिशत पनि जोखिम बहन हुँदैन ।” उपचार सेवा र बिमाको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.