Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » स्थानीय निर्बाचनमा गोली चलेको सोरुङमा चुनाव बहिष्कारको चेतावनी

    स्थानीय निर्बाचनमा गोली चलेको सोरुङमा चुनाव बहिष्कारको चेतावनी

    By सूचनापाना१८ कार्तिक २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    उदयपुर । उदययपुरको कटारी नगरपालिका- १० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोरुङछबिसे मतदान केन्द्रमा प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो । गोली प्रहारबाट युवकको ज्यान गएपछि भएको सहमतिअनुरुप काम नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गर्ने चेतावनी दिएका हुन्। 

    SuchanaPana.com

    स्थानीय सोरुङछबिसे माध्यामिक विद्यालयको प्रांगणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीको गोलीले एक स्थानीय युवाको ज्यान गएको थियो भने अर्का स्थानीय घाइते भए । स्थानीयवासीले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र निर्वाचन पुनः गराउने माग गर्दै तीन दिनसम्म बाकस निकाल्न दिएनन् ।

    खसेको मतपत्र सिल गरिरहेकै बेला भएको गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवारकै भतिजको ज्यान गएपछि मतदानस्थल केही घण्टा तनावग्रस्त भयो । सुरक्षाकर्मीहरूले मतपत्र खसेको बाकस सुरक्षित गरे र हवाई फायर गर्दै तनाव व्यवस्थपन गरे तर मृतक र घाइते परिवार तथा आफन्तलगायत स्थानीयबासीले आन्दोलन जारी राख्दै विभिन्न माग अघि सारे । 

    निर्वाचनमा खटेका प्रहरीको गोली लागेर १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको थियो भने अर्का स्थानीय १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएका थिए । स्थानीय तह चुनाव सकिएको ६ महिना बित्न लाग्दासमेत आगामी ४ मंसिरमा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा सो घट्नाको स्मरण ताजा भएर आउन लागेको मात्र छैन, चुनाव कसरी सम्पन्न गर्ने भन्ने विषयले नै अधिकारीहरुको टाउको दुखाइ रहेको छ ।  

    मृतक र घाइते परिवारले अहिलेसम्म क्षतिपूर्ति नपाउनुका साथै राज्यले गम्भीर भएर नसोचेकाे आरोप लगाउँदै निर्वाचन बहिष्कारको चेतावनी दिएका छन् । केही दिनअघि वडा नम्बर १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्का, वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँका अगुवा नागरिक समाजलगायतको साझा बैठकले ३० वैशाखकाे घट्नाबारे राज्य गम्भीर नभएको तथा पीडित परिवार र स्थानीयको मागउपर चासो नदिएको निष्कर्ष निकाल्दै माग पूरा नभएसम्म निर्वाचन हुन नदिने अडान लिएको छ । मृतक र पीडित परिवारलाई मागबमोजिम क्षतिपूर्ति र जिम्मेवारी नलिएसम्म मतदान बहिष्कार गर्ने भन्दै त्यसका लागि आवश्यक तयारीमा स्थानीयवासी लाग्ने पनि बैठकको निर्णय भएको छ ।

    नेपाली कांग्रेस सोरुङका वडा सभापति बलबहादुर खत्रीले पीडित पक्षको माग पूरा नगरेसम्म निर्चवान हुन नदिने कुरामा प्रमुख प्रतिपक्षी दल एमालेदेखि सत्ता गठबन्धनमा सामेल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र बिप्लव नेतृत्वको नेकपासम्मका स्थानीय नेता कार्यकर्ता एकमत रहेको बताए । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.