महेन्द्रनगर । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको सोही दिन भित्र एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ ।
सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई अनेकन आश्वासन देखाएर बीमा गर्ने र कुनै भवितव्य पर्दाका बखतमा बीमा दावी भुक्तानीमा अनेकन बाहाना बनाएर रोक्ने प्रवृत्तिको जन गुनासो आइरहेको बेला सानिमा लाइफले भने चिरफाड गरि बीमितको मृत्यु भएको १५ दिन नपुग्दै तथा आवश्यक सम्पूर्ण कागजात बुझाएको सोही दिन दावी भुक्तानी गरेर उदाहरणीय काम गरेको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–३ का स्व। दिपक ओडकि श्रीमती निलम ओड लाई मृत्यु दावी भुक्तानी वापतको १ करोड ३४ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम गरी पुर्ब मन्त्री एन।।पी साउद संविधान सभा सदस्य बहादुर थापाले सयुक्त रूपमा रकम हस्तान्तरण गरेको थियो ।
बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीको नीति अनुसार कागजी प्रक्रिया पूरा भएको सोहिदिन दावी भुक्तानी गरेको प्रदेश प्रमुख उप्रेतीले बताए । सरल, सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध भएको प्रदेश प्रमुख उप्रेतीले बताए ।
२०७७ बैशाखमा १ करोड रुपैयाँ बीमाङ्कको बीमा गराएका ओडले ३० लाखको राइडर सुबिधा लिइ बीमाशुल्क बापत एक किस्ता वापतको ७ लाख नौ हजार ४४४ मात्र बुझाएको थियो। असार ३१ गते मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भइ उपचार गरिरहेको अवस्थामा यही २२ गते मृत्यु भएको थियो ।