धनगढी । चुनाव प्रचारको नाममा प्रयोग भएका सवारी साधनमा विभिन्न तरिकाले तस्करी हुन थालेको छ। नेपाली काँग्रेस र माओवादीका उम्मेदवारहरुको प्रचार गर्ने नाममा सुर्खेतमा काठ तस्करी हुँदै गरेको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुर्खेतमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको प्रचारमा प्रयोग गरिएको फ्लेक्स ब्यानर र झण्डाले छोपेर काठ तस्करी गरेको भेटिएको हो। निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानीलगायतको प्रचार सामाग्रीले छोपेर चिरानी गरिएका काठ लैजाँदा गर्दा प्रहरीले पक्रेको बताइन्छ।
काठ लोड गरिएको पिकअपको पछाडिको भागमा ठूलो ब्यानर झुण्डाइएको थियो भने दायाँ बायाँ काँग्रेस र माओवादीको झण्डा फहराइएका थिए।
