Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सगरमाथा पदमार्गमा अस्पताल

    सगरमाथा पदमार्गमा अस्पताल

    By सूचनापाना२६ कार्तिक २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    खुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् ।

    SuchanaPana.com

    हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकोप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटो भरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यवस्था नहुँदा पर्यटकलाई निकै सकस हुने गरेको छ । स्थानीयलाई झनै सकस हुन्छ । पर्यटक र स्थानीयवासी उपचार अभावमा ज्यान गुमाउन बाध्य हुन्छन् । बिरामी भइहाले उनीहरु नाम्चे र लुक्लाको सामान्य अस्पतालको भर पर्दछन् । तर बिरामी घण्टौँ हिँड्नुपर्दा बाटोमै ज्यान गुमाएका अनेकन उदाहरण छन् ।

    अब अवस्था फेरिएला जस्तो छ । यही सातादेखि खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ शै्ययाको अस्पताल सञ्चालनमा आएको छ । यहाँ अस्पतालसँगै दक्ष चिकित्सकको व्यवस्था गरिएको छ । रु २० करोडको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । लुक्ला र नाम्चेको बीचमा अवस्थित फाक्दिङमा तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरिएको छ । अस्पतालमा ४० कोठा छन् । अस्पतालका मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा रहेका छन् । उनीहिमालयन शेर्पा फाउण्डेशनको अध्यक्षसमेत हुन्। शेर्पाको होटल व्यवसाय पनि छ ।

    बिरामीको अवस्था देखेर व्यवसायी शेर्पाको मन पोल्थ्यो । स्थानीयवासीको अवस्था दयनीय थियो । आर्थिक अवस्था एकदमै कमजोर । बिरामी पर्दा आन्तरिक तथा बाह्य पर्यटक बीच बाटोबाटै आफ्नो गन्तव्य त्याग्न बाध्य हुन्थे । यि सबै कुराले शेर्पा बेचैन भए । जसरी नि यो क्षेत्रमा एउटा अस्पताल बनाउनैपर्ने निष्कर्षमा उनी पुगे। “अस्पताल बनाउन सजिलो थिएन”, शेर्पाले भने, “मेरा सामु ठूलो चुनौती थियो, अन्ततः म सफल भए ।”

    विसं २०७२ वैशाखमा गएको भूकम्पले सोलुखुम्बु पनि प्रभावित बन्यो । घर भत्किएपछि यहाँका सर्वसाधारण बिचल्लीमा परे । स्वदेशी तथा विदेशी नागरिकले सहयोग गर्दा झण्डै रु डेढ करोड सङ्कलन भयो । रकम सङ्कलन हुँदै गएपछि शेर्पाको मन फाउण्डेशन स्थापनार्फ मोडियो । श्रीमती र छोरीको साथले उनले हिमालयन शेर्पा फाउण्डेशन स्थापना गरे । योसँगै शेर्पाले फाक्दिङमा भएको १५ रोपनी जग्गाा फाउण्डेशनका नाममा जोडे । त्यहीँ जग्गामा अस्पताल निर्माण गरिएको छ ।

    सगरमाथा पदमार्गको लुक्ला र नाम्चेमा अस्पताल छ । तर ती दुवै अस्पताल सुविधा सम्पन्न भने छैन । जटिल रोगका बिरामीले उपचार गर्न सक्ने अवस्था छैन । उपचारका लागि उनीहरु हेलिकोप्टर चार्टर गरी काठमाडौँँ नै फर्किनुपर्ने अवस्था छ । “नेपाल घुम्न आउने पर्यटक बढीजसो मध्यम आर्थिक अवस्थाका हुन्छन्”, शेर्पा भन्छन्, “धेरै पैसा खर्च गर्न र पदयात्रामा ज्यानको जोखिम मोल्न उनीहरु चाहँदैनन् ।” स्थानीय र आन्तरिक पर्यटकलाई त हेलिकोप्टर चार्टर गरेर उपचार गर्न असम्भव जस्तै छ ।

    “जेनतेन जोगाएको पैसोका भरमा घुम्न आइन्छ, हेलिकोप्टर चढेर उपचार गराउन काठमाडौँ जाने कुरा त कल्पना गर्नै सकिन्न”, लुक्लामा भेटिनुभएका जुम्लाका पदयात्री टङ्क महत भने, “अरु सबै कुरा ठीक छ, बिरामी परे उपचार गराउन धेरै समस्या रहेछ ।” पदमार्गमा सामान्य औषधिसमेत पाउन नसकेको उहाँको गुनासो छ । सगरमाथा क्षेत्रमा पर्यटक भित्र्याउन सबैभन्दा पहिला सुविधासम्पन्न अस्पताल आवश्यक भएको महतको भनाइ छ ।

    लुक्लादेखि फाकदिङ पुग्न पैदल चार घण्टा लाग्छ । बिरामीलाई लुक्ला अस्पताल पुग्न सातदेखि आठ घण्टासम्म लाग्छ । “उपचार गराउन लुक्ला गएका बिरामी बाटोमै मरेका धेरै घट्ना छन्”, हिमालयन शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले भने । डोकोमा बोकेर अस्पताल लैजानुपर्ने उनी बताउँछन् ।

    खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा ११ गाउँ छन् । गाउँँका सबैजसो पुरुष टेकिङमा जान्छन् । उनीहरु कोही भरिया, कतिपय गाइडको काम गर्छन् । महिला र बालबालिका घरमै हुन्छन् । बालबालिका बिरामी भए महिला आफैँले बोकेर अस्पताल लैजान्छन् । लुक्लाबाहेक उनीहरु उपचार गर्न जाने ठाउँ नाम्चे हो । त्यहाँ पनि उपचार गराउन सात आठ घण्टा हिँड्नुपर्छ । “सुत्केरीलाई उपचार गराउन बढी दुःख छ”, शेर्पा भने, “हेलिकप्टर चढेर अन्यत्र लैजान आर्थिक अभावले सम्भव नै हुन्न ।”

    यहाँँको मुख्य खाना भनेको आलु र भात नै हो । अधिकांश मधुमेह, हृदयघात र रक्तचापबाट पीडित छन् । “बिरामी स्वास्थ्य जचाउन खाली पेट जानुपर्छ, यसरी घण्टौं हिंडेर जाँदा बाटोमै ज्यान जाने जोखिम हुन्छ”, उनले भने । यहाँका बासिन्दा सामान्य रोग लाग्दा सहेरै घरमा बस्न बाध्य हुन्छन् । हिमालयन शेर्पा अस्पतालले हाल १५ शैयाको लागि मात्र अनुमति पाएको छ । भविष्यमा शैया थप्ने योजना रहेको सञ्चालक शेर्पा बताउँछन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.