Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा पाँच हजार सुरक्षाकर्मी

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा पाँच हजार सुरक्षाकर्मी

    By सूचनापाना२६ कार्तिक २०७९, शनिबार
    DofbL k|x/L 8f]6L, @^ j}zfv M lgjf{rg ;'/Iffsf nflu 8f]6Ldf vl6Psf DofbL k|x/L . t:jL/ M ljdnaxfb'/ lji6÷/f;;
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दाङ । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

    SuchanaPana.com

    उनले यहाँका २० मतदानस्थल अतिसंवेदनशील, एक सय २२ सम्वेदनशील र ११ सामान्य रुपमा वर्गीकरण गरी सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताए । निर्वाचन सुरक्षा समन्वय समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लाका ग्रामीण बस्तीका मतदानस्थल अतिसंवेदनशील छन् । बबई, राप्ती, बङ्गलाचुली र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । निर्वाचनमा राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई पनि परिचालन गरिएको छ ।

    निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । जिल्लाका सबै ठाउँमा रहेका मतदानस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको छ । प्रजिअ रेग्मीले निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पारिएको र मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुने सुरक्षा प्रबन्ध गरेको बताए ।

    दाङमा निर्वाचनका लागि तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार दाङका एक सय ५३ वटै मतदानस्थल तथा चार सय ६५ मतदान केन्द्रमा कर्मचारी खटाइएको हो । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाईएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा मतगणना सोही निर्वाचन क्षेत्रमै हुने भएको छ । दाङ क्षेत्र नं। १ को लमही नगरपालिकाको हलमा, क्षेत्र नं। २ को जिल्ला समन्वय समिति घोराहीको हलमा र क्षेत्र नं ३ को राप्ती बबई क्याम्पसमा हुने भएको निर्वाचन अधिकारी भण्डारीले बताए ।

    दाङमा सबै निर्वाचनका सामग्री पनि आइपुगेका छन् । एकहप्ता अघि नै मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत सबै सामग्री आइपुगेका हुन् । यसैबीच निर्वाचनमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत र अन्य कर्मचारीलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सुरु भएको छ ।

    मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै प्रशिक्षण सुरु गरिएको हो । शुक्रबार दाङ निर्वाचन क्षेत्र नं १ को लमहीमा प्रशिक्षण सम्पन्न भएको छ । आज निर्वाचन क्षेत्र नं २ को घोराहीमा र आइतबार निर्वाचन क्षेत्र नं ३ को तुलसीपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षणको व्यवस्था तय गरिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.