Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » देउवा र प्रचण्ड सहभागी चुनावी सभामा गएनन् पार्टीकै उम्मेदवार

    देउवा र प्रचण्ड सहभागी चुनावी सभामा गएनन् पार्टीकै उम्मेदवार

    By सूचनापाना२९ कार्तिक २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी मंगलबारको चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित नभएको पाइएको छ ।

    SuchanaPana.com

    नवलपरासीको क्षेत्र नं.१ मा आयोजना गरेको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनको लागि आज देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नम्बर १ को प्रदेश सभा २ का उम्मेदवार उपस्थित भएका थिएनन्।

    सत्ता गठबन्धन केन्द्रको निर्णय अनुसार क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली काँग्रेस र २ मा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने सहमति भएको थियो। तर माओवादीले पाएको क्षेत्रमा पनि काँग्रेसले उम्मेदवार उठाएपछि दुई पार्टीबीच जिल्ला स्तरमा खटपट परेको छ।

    जिल्लाका नेताहरूको खटपटकै कारण शीर्ष नेताहरू सहभागी कार्यक्रममा प्रदेशसभा २ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामानन्द यादव र काँग्रेसबाट उम्मेदवारी दिएका देवकरण कलवार उपस्थित नभएका हुन्।

    चुनावी सभामा प्रदेशसभा १ बाट उम्मेदवारी दिएका काँग्रेसका विश्वप्रेम पाठक भने आएका थिए। माओवादी केन्द्रबाट यादवले उम्मेदवारी दिएपछि नेपाली काँग्रेसका कलवारले पनि काँग्रेसको आधिकारिक भएरै उम्मेदवारी दिएका थिए।

    सहमति विपरीत उम्मेदवारी दिएको भन्दै माओवादीले उम्मेदवारी निष्क्रिय पारेर समर्थन गरेको घोषणा गर्न काँग्रेसलाई पटक पटक आग्रह गरे पछि कलवारको उम्मेदवारी यथावत छ। अहिले दुवै जना आ-आफ्नो चुनावी प्रचारमा जुटेका छन्।

    चुनावी सभामा सम्बोधनका क्रममा प्रचण्डले यस क्षेत्रमा गठबन्धनमा केही समस्या रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे।

    तर प्रधानमन्त्री देउवाले भने उम्मेदवारी बारे केही बोलेनन्। उनले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसबाट उठेका उद्योगपति विनोद चौधरीलाई जिताउन आग्रह गरे। नवलपरासी १ मा चौधरीसँग जनता प्रगतिशील पार्टी (जप्रपा)का अध्यक्ष हृदयेश त्रिपाठी एमालेसँगको तालमेलमा चुनावी प्रतिस्पर्धामा छन्। त्रिपाठीलाई जसपाले पनि समर्थन गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.