Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई बुझाए ५० अर्ब रुपैयाँ

    नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई बुझाए ५० अर्ब रुपैयाँ

    By सूचनापाना३० कार्तिक २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ । 

    SuchanaPana.com

    उनीहरुले अमेरिकामा अध्ययन गर्नको लागि उक्त रकम आर्थिक वर्ष सन् २०२१/२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा खुलासा गरिएको हो । 

    हालै सार्वजनिक गरिएको उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१/२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ) अमेरिकी अर्थतन्त्रमा योगदान गरेको उल्लेख छ । 

    रिपोर्ट अनुसार उक्त वर्ष ११ हजार ७९९ जना नेपाली विद्यार्थी अमेरिकाका विभिन्न सहरमा अध्ययनरत थिए । ती विद्यार्थीले ५० अर्ब रुपैयाँ बरारबको शैक्षिक शुल्क अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजलाई बुझाएका हुन् । 

    आर्थिक वर्ष २०२१/२२ मा कुल ९ लाख ४८ हजार ५१९ जना अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । शैक्षिक शुल्क वापत ती विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर प्राप्त गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।  

    गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले उठाएको कुल रकमको १.२ प्रतिशत हिस्सा नेपाली विद्यार्थीले बुझाएका थिए ।  

    अमेरिकामा गत वर्ष अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा नेपाल १२औं नम्बरमा रहेको छ । अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ । 

    अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले वृद्धि भएको रिपोर्टमा जनाइएको छ ।

    अमेरिकामा अध्ययनरत सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा क्रमसः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, साउदी अरेबिया, ब्राजिल, मेक्सिको, नाइजेरिया, जापान र नेपालका रहेका छन् । 

    ओपन डोर्स रिपोर्ट–२०२१/२२ अनुसार आर्थिक वर्ष २०१२/१३ मा ८ हजार ९२०, २०१३/१४ मा ८ हजार १५५, २०१४/१५ मा ८ हजार १५८, २०१५/१६ मा ९ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३० र २०२०/२१ मा ११ हजार १७२ जना नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.