Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सिन्धुपाल्चोकमा गठबन्धनको ‘क्लिनस्विप’, एमाले ‘पत्तासाफ’

    सिन्धुपाल्चोकमा गठबन्धनको ‘क्लिनस्विप’, एमाले ‘पत्तासाफ’

    By सूचनापाना९ मंसिर २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । 

    SuchanaPana.com

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय ७४ मतसहित विजयी भएका हुन्। मतगणनाको सुरुवाती अग्रता लिन नसकेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेक नेपालले २७ हजार २० मत प्राप्त गरे।

    क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (क) मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मसिना खड्का विजयी भएकी हुन्। खड्काले १४ हजार छ सय ५२ मत ल्याएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याएका छन्।

    क्षेत्र नम्बर १ प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सरल सहयात्री पौडेलले जित निकालेका छन्। पौडेल १७ हजार २५६ मत सहित प्रदेश सभामा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका होमनारयण श्रेष्ठले १३ हजार १३ मत पाएका थिए।

    त्यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिसभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जित निकालेका छन्। एमालेको गड मानिएको ठाउँमा पनि निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई पराजित गर्दै बस्नेत प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। बस्नेतले ३९ हजार  ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए ।

    क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) तर्फ नेपाली कांग्रेसका समीर तामाङ विजयी भएका छन्। उनी १५०५ मतान्तरले एमालेका हस्त पण्डितलाई हराउँदै विजयी भएका हुन्।

    त्यस्तै, प्रदेशसभा (ख) तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाल शरद विजयी भएका छन्। दुलालले २० हजार ९०६ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमान सिं तामाङले १२ हजार १३९ मत ल्याएका थिए। दुलालले तामाङ भन्दा ८ हजार ७६७ मत बढी ल्याएका थिए। उनी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएका हुन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.