विराटनगर । नेपाली कांग्रेसका केदार कार्की मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
कार्कीले १०,४४६ मत ल्याउँदा नेकपा एमालेका कृष्ण बस्नेत (पर्शुराम)ले ९,२६६ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी बस्नेतलाई १,१८० मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।
कार्की यो निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
