Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

    जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

    By सूचनापाना९ मंसिर २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् ।

    SuchanaPana.com

    रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ । सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै जिते पनि सो पार्टीबाट हालसम्म तीनजना प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् ।

    यहाँ चर्चा गर्न खोजिएको रेशम चौधरीको विषयमा हो । उनी हाल डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका छन् । २०७२ मा कैलालीको टीकापुर हत्याकाण्डको मुख्य अभियुक्तका रूपमा चौधरीलाई दोषी ठहर गरी सर्वोच्च अदालतले आजीवन कारावास सजाय सुनाएको हो । टीकापुर हत्याकाण्डमा एक बालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए ।

    अघिल्लो निर्वाचनमा उनी हिरासतमै रहेका बेला वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएर कैलाली १ बाट विजयी भएका थिए । तर, उनी एक दिन पनि प्रतिनिधिसभामा प्रवेश गर्न पाएनन् । हिरासतमै रहेका बेला उनलाई सिंहदरबारमा बोलाएर सांसदको सपथ खुवाइयो । त्यसपछि उनी कारागारमै छन् । 

    आफू कारागारमै रहेका बेला उनले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्न लगाए । सो पार्टीले गत स्थानीय तहको निर्वाचनका बेला कैलालीमा चारवटा स्थानीय तह जितेर ठूलो बनेको थियो । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा त नागरिक उन्मुक्तिले उल्लेख्य सफलता हासिल गरेको छ । कारागारमै बसेर रेशम चौधरीले चुनावको मास्टर प्लान बनाएका थिए । सोहीअनुसार उनको पार्टीले सफलता पनि पाएको छ ।

    सो पार्टीले कैलाली १, २ र ३ मा प्रतिनिधिसभा सदस्य तथा चारजना प्रदेशसभा र बर्दियामा रेशम चौधरीका बाबु लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिन लगाएर जिताएका छन् । बर्दिया, कैलाली र कञ्चनपुर थारु बाहुल क्षेत्र हो । यो निर्वाचनले उन्मुक्ति पार्टीलाई स्थापित गरिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.