रामेछाप । सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ शुक्रबारबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने यो अभियान अन्तर्गत लैंगिक हिंसा नियन्त्रण तथा मानव अधिकार संरक्षणका लागि विभिन्न चेतनात्मक कार्यक्रम हुने गर्दछन् ।
मन्थली नगरपालिकाको मूल आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक विकास समाज र रेष्टको सहकार्यमा अभियानको उद्घाटन, ¥याली तथा कोण सभा भएको हो ।
मन्थलीको मदन भण्डारी चोकबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । हिंसा विरुद्धका विभिन्न प्लेकार्ड बोकेको ¥यालीमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवा, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कोण सभामा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले १६ दिन भरी मन्थली नगरपालिकाका सबै वडामा पुगी टोल सुधार समितिलाई लैंगिक हिंसा विरुद्धको प्रशिक्षण दिनुका साथै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
By सूचनापाना
