Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

    By सूचनापाना१ पुष २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ ।

    SuchanaPana.com

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए । उनले भने, “क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ । प्रतिवेदनको ‘इन्फरमेशन’ छिट्टै प्रकाशन गरिनेछ ।”

    प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’(एआइटी) मा प्रकाशन गरिनेछ । प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ ।

    एरोथाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ ।

    यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । क्यानले यही पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । यसको सात महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिए । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ ।

    अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतका तयारी गरिएको उनले जानकारी दिए । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।

    उडान सञ्चालन अघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको काम पनि धमाधम चलिरहेको छ । पहिलो चरण अन्तर्गत १६ मिटर कटान गरी यान्त्रिक उडान गरिएको थियो । बाँकी २४ मिटर कटान चलिरहेको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ ।

    नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले भोलि सोमबार र पर्सी मंगलबार सार्वजनिक बिदा दिएको छ ।…

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार

    विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

    २८ बैशाख २०८२, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.