Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ‘तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ’

    ‘तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ’

    By सूचनापाना६ पुष २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताएका छन्। सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए। टोलीले आज तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो।

    SuchanaPana.com

    दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै प्रचण्डले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको बताए। चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए। चिनियाँ राजदूत हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाइ थियो।

    भूकम्पपछिको पुनःनिर्माण भइसकेको र ड्राइपोर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने बताए। जुरे पहिरो, भूकम्प वा अन्य सन्दर्भमा आफू सिन्धुपाल्चोकका जनातासँग जोडिएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढी संवेदनशील रहेको र समस्या समाधान गर्ने बताए।

    ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य सापकोटाले नेपाल(चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहजरुपमा सञ्चालन र अरनिको राजमार्गको स्तरोन्नतिका लागि अध्यक्षलाई ध्यानाकर्षण गराइएको बताए।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले…

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार

    तीनकुने सामुहिक हत्याका अभियुक्त भण्डारीको बयान: घटनास्थलमा आउने अन्तिम व्यक्तिलाई नमारी भागेकोमा पश्चाताप छ

    २६ आश्विन २०८०, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.