Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कार्यसम्पादनमा रुकुम पूर्व दोस्रो

    कार्यसम्पादनमा रुकुम पूर्व दोस्रो

    By सूचनापाना१४ फाल्गुन २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ ।

    SuchanaPana.com

    आर्थिक वर्ष २०७८/७९ मा गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुम पूर्वी देशभरमै दोस्रो हुन सफल भएको हो ।

    कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकका आधारमा स्वाचालितरूपमा मूल्याङ्कन हुने प्रणाली (सिपीएएस)मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आर्थिक वर्ष २०७८/७९ को पहिलो अर्धवार्षिक अवधिमा दोस्रो स्थानमा रहेको हो ।

    रुकुम पूर्व ७४ परिसूचकहरूमा ४०.१३ अङ्कसहित दोस्रो स्थानमा छ । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार छन् । मन्त्रालयले आगामी दिनमा पनि सम्पादन हुने सेवा र कार्यसम्पादन थप प्रभावकारी हुँदै जाने अपेक्षा लिएको छ ।

    कार्यसम्पादन सम्झौताको पाँच विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणअन्तर्गतका ७४ परिसूचकमा गरी चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा जिप्रका रुकुमपूर्वले ४०.१३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो हुन सफल भएको हो ।

    आगामी छ महिनामा पनि प्रथम स्थान हुने गरी कार्यसम्पादन भइरहेको साथै बेरुजुको सूचकबाहेक अन्यमा राम्रो गर्न सकिने गरी तयारी भएको जानकारी कार्यालयका सिपीएएस सम्पर्क व्यक्ति खम्बु रावतले बताए । विगत आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को स्थानीय भत्ता र दुर्गम भत्ताको बेरुजु रकम नियमित नभएको कारण सो सूचकमा अङ्क प्राप्त गर्न नसकिने हो कि भन्ने अनुमान छ । उक्त बेरुजु रकम फर्छ्योटका लागि गृह मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा फाइल पेस भइसकेको समेत उनले जानकारी दिए ।

    पछिल्लो समयमा सो कार्यालयको कार्यसम्पादनको स्तर, कार्यालयको स्वरूप र सौन्दर्य तामा समेत परिवर्तन भएको छ भने नागरिकले सेवा प्रवाहसमेत सहजरूपमा प्राप्त भएको भन्ने सन्तुष्टि व्यक्त गरेका छन् ।

    कोभिडको बुस्टर मात्रा लगाइँदै
    आजबाट कोभिड-१९ विरुद्धको ‘फाइजर वायोभाइलेन्ट’ खोपको बुस्टर डोज लगाइँदै छ । पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिका-५ र ६ वडाका ५५ वर्षमाथिका नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीलाई खोप लगाइने भएको छ ।

    खोप कार्यक्रम १४, १५ र १६ गते तीन दिनसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । यसअघि कोभिड-१९ को पहिलो, दोस्रो मात्रा पूरा गरी पहिलो बुस्टर मात्रा लगाउन छुटेका तथा पहिलो बुस्टर मात्रा लगाई छ महिना अवधि पुगेका ५ र ६ नं वडाका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं ल्याब टेक्निसियन निमप्रसाद गिरीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरक्षा शक्ति कम भएका व्यक्तिलाई खोप लगाइने छ ।

    यी सबै लक्षित व्यक्तिलाई पहिले खोप लगाएको कार्डसहित उपस्थित हुन आग्रह गरिएको छ । सिस्ने गाउँपालिका–५ को रुमाल बारा स्वास्थ्य चौकी, टाकुराको आँखा उपचार केन्द्र नजिकै, रुकुम पूर्व अस्पतालबाट खोप लगाइने छ भने ६ नं वडामा छिप्रीदहको विन्द्यावासिनीको मन्दिर प्राङ्गणबाट खोप लगाइने सूचना अधिकारी गिरीले बताए ।

    छुटेकालाई रुकुम पूर्व अस्पतालबाट खोप लगाइने छ । अहिले जिल्लामा तीन सय ६० भायल वायोभाइलेन्ट खोप आएको छ । अब दोस्रो चरणमा आएको खोप क्रमशः भूमे र पुथा उत्तर गङ्गा गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.