रामेछाप । शैलुङ अल्ट्रा म्याराथनमा २२० जना प्रतियोगीहरु सहभागी हुने भएका छन् । चैत्र ४ गते हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) को आजोयजना, रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन तथा दोरम्बा शैलुङ, सुनापति र खाँदादेवी गाउँपालिकाको सहआयोजनामा हुने सुनापति शैलुङ अल्ट्रा म्याराथनमा २२० जनाले सहभागिता जनाउने भएको हो ।
प्रतियोगीतामा अनलाईन तथा खुला आवेदन मार्फत २२० जनाले दरखास्त गरिएको रामेछाप जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
यो संख्या हालसम्म प्राप्त भएपनि स्थानीय खेलाडीहरुले इच्छा जाहेर गरेको खण्डमा ५ किलोमिटर दौडने खेलमा ३ गते बेलुकासम्म पनि आवेदन संकलन गर्ने रामेछाप जिल्ला खेलकुद विकास समितिका अधिकृत अर्जुन कार्कीले बताए ।
चैत्र ४ गते विहान ५५ किलोमिटर र २५ किलोमिटर दौड सुनापतिको साडीडाँडाबाट सुरु हुनेछ । यस्तै ५ किलोमिटर दौड शैलुङ क्षेत्रको वरीपरी हुनेछ । प्रतियोगितामा ५५ किलोमिटरको पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमश, ७५ हजार ३५ हजार र २० हजार रुपैया पाउनेछ । यस्तै २५ किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश, ४० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन् । यस्तै ५ किलोमिटरमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश, २० हजार, १० हजार र ५ हजार रुपैया पाउनेछन् ।
स्थानीय खेलाडी बाहेक जिल्ला बाहिरका खेलाडीलाई ३ गते काठमाण्डौँबाट रामेछापमा ल्याउने छ ।