रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।
बिहीबार मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीको मानेखोप भन्ने स्थानमा बा ११ च ५०५३ नम्बरको बोलेरो दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको हो ।
११ जना भन्दा बढी गम्भीर घाइते अवस्थामा छन् भने गाडीमा भएको यात्रु संख्या एकिन हुन सकेको छैन ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा जेन्सन तामाङ, दानी तामाङ र बालिका लाक्पा शेर्पा र पहिचान नखुलेकी एक वृद्ध महिला छिन् ।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
