Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » १ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भीड, संरक्षण गर्नुपर्ने स्थानीयको माग 

    १ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भीड, संरक्षण गर्नुपर्ने स्थानीयको माग 

    By सूचनापाना१ बैशाख २०८०, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिरहा । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ । लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन् । राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आउने गरेका छन् ।

    SuchanaPana.com

    राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फुलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुईवटा हाङ्गामा पुस्तौ पुस्तादेखि प्रत्येक वर्षको १ वैशाखमा एक जोडी माला देखिने गरेको जनविश्वास छ । ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन् ।

    सलहेश फुलबारी संरक्षणको पर्खाइमा

    पर्यटकीय महत्व बोकेका सलहेश फुलबारीमा स्थानीय तहले संरक्षण नगर्दा वर्षभरी नै पर्यटक भित्राउन सकेका छैनन् । पुस्तौँदेखि पर्यटकीय महत्व बोकेका जिल्लाको विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलबारी एक हो, तर यहाँका स्थानीय तहले बेवास्था गरी संरक्षणतिर ध्यान नदिँदा यहाँको अवस्था दिनदिनै खस्किँदै गइरहेको स्थानीयले आरोप लगाएका छन् । 

    पालिकाको क्षेत्रभित्र पर्ने पर्यटकिय स्थललाइ संवद्र्धन र संरक्षण गर्ने दायित्व नगरको रहे पनि जनप्रतिनिधिहरु मौन भएर बसेको  स्थानीयहरुको आरोप छ । सल्हेस फुलबारीको संरक्षणमा न त विगतका जनप्रतिनिधिले चासो देखाए, न त वर्तमान जनप्रतिनिधिहरुले पनि कुनै चासो नदेखाएको पुजारी वीरदेव धामीले दुखेसो पोखे । 

    उनले भने, ‘विगतका जनप्रतिनिधिले सल्हेस फुलबारीको समृद्धिका लागि केही गरेन, नयाँ जनप्रतिनिधि आयो अब केही हुन्छ कि आशा पलाएको थियो तर भएन ।’ पर्यटकीय महत्व बोकेका सलहेश फुलबारी वरिपरिका स्थानीयहरु यस क्षेत्रको सम्वद्र्धन र संरक्षणको पखाईमा रहेका छन् । हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ ।

    यो फूल नयाँ वर्षका अवसरमा मात्र फूल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको ठूलो भिड लाग्ने गरेको छ । सलहेश फूलवारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरु गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास रहेको छ । फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्या आउने गर्दछन् ।

    हरेक वर्षको १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतिक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखा पर्ने जनविश्वास रहिआएको छ ।

    नयाँ वर्षको पहिलो दिन मात्र फूल फूल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सिमित रहेको छ । फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फूल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

    मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतिकका रुपमा लिइन्छ । अचम्म के छ भने साँझपख यो फूल ओइलाएर जान्छ । युवायुवतीहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन् ।

    फुलवारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरुलाई मात्रै होइन, भाकल गर्ने जो सुकैको मनोकामना पुरा हुने गरेकोले भारतीय पर्यटक भक्तजनहरु आउने गरेका छन् । मेलामा आउने लाखौं भक्तजनहरुमध्ये तीस प्रतिशत भारतीय दर्शक रहने गरेको पुजारी धामीको भनाइ छ । सलहेश फूलवारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलवारीको शितल जल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध शान्त हुने गरेको जानकारहरु बताउँछन् । 
     
    विगतको तुल्नामा मेलामा व्यापार पनि बढेको र व्यावसायी गर्न पहिले भन्दा अहिले सहज भएको जनकपुरका माला,सिन्दुरको व्यपारी भोला दास बताउँछन् । उनका अनुसार मेलामा व्यवसायी सँगै शान्ति सुरक्षा पनि सुधार भएको छ । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फुलबारीको पानी प्रयोग गर्नुको साथै हैजा महामारी आउँदा पनि सलहेश फूलवारीको पानी औषधी मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । निःसन्तान महिलाहरुले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकोले प्राप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.