रामेछाप । गिरिजा प्रसाद कोइराला फाउण्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेस रामेछापका सचिब दिपक खड्काले पार्टिको आन्तरिक गुट उपगुट अधिबेशनका लागी मात्र सिमित हुन पर्ने बताएका छन् । नेपाली कांग्रेस रामेछापमा अधिबेशनमा बनेका गुट उपगुट संघिय निर्वाचन देखी स्थानिय निर्वाचन सम्म निर्वाचन जिताउन र हराउन लागी पर्ने गरेको भन्दै दुखः ब्यक्त गरेका छन् । गुट भनेको अधिबेशनका लागी मात्र भएको भन्दै पार्टीलाई सक्ने गरि नलाग्न पार्टिका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष खड्काले पार्टिका नेताको बारेमा अधिबेशनको विषयलाई लिएर नकरात्मक प्रचार गर्ने पार्टिको नेता तथा कार्यकर्ताको प्रचलनले पार्टिलाई ठुलो घाटा भएको भन्दै पार्टिको आन्तरिक बिबाद बाहिर ल्याउन नहुने बताए । खड्काले भने चिया पसलमा बसेर आफ्नो पार्टिको नेताको आलोचना गर्ने बानि हटाउन पर्ने बताए । साथै उनले भने आफुलाई मन नपरेको व्यक्तिले टिकट लिएर आउन बितिकै हराउन लागी पर्ने बानि हटाउन पर्ने भन्दै सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नु पर्ने बताए । खड्काले भने हामी आज भन्दा अघि जसरी अघि बढे पनी अब बिपि र जिपि कोइरालाको बिचार मनन् गरेर नयाँ सोच नयाँ बिचारको साथ अघि बढ्न पर्ने बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पार्टिको आन्तरिक गुट-उपगुट अधिबेशनका लागी मात्र सिमित हुन पर्छ : सचिव खड्का
By सूचनापाना
