Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » भर्नासँगै पाए पुस्तक म्याग्दीका विद्यार्थीले

    भर्नासँगै पाए पुस्तक म्याग्दीका विद्यार्थीले

    By सूचनापाना३ बैशाख २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पूरा पुस्तक बिना नै परीक्षामा सहभागी भएका थिए ।

    SuchanaPana.com

    यसपालि भने नयाँ शैक्षिक सत्रको सुरुआतमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको प्रअ मीन
    बहादुर खत्रीले बताउनुभयो । “गत शैक्षिक सत्रमा कक्षा ६ का विद्यार्थीले अङ्ग्रेजी विषयको पुस्तक बिना नै परीक्षा दिनुपरेको थियो,” उहाँले भन्नुभयो, “नयाँ शैक्षिक सत्रमा भने भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पुस्तक वितरण गर्ने तयारीमा छौँ ।”

    ज्योति आधारभूत मात्र नभएर म्याग्दीका दुई सय ५० मध्ये आइतबारसम्म ७० प्रतिशत सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको पुस्तक पुगिसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनाएको छ ।

    महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरेर बेनीमा बिक्री केन्द्र स्थापना गरेर पुस्तक बिक्री वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    “टाढाका विद्यालयलाई प्राथमिकता दिएर गत चैत २८ गतेदेखि पुस्तक वितरण सुरु गरेका थियौँ,” उहाँले भन्नुभयो, “धवलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको ७० प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ ।”

    जनक शिक्षा सामग्री लिमिटेडको पोखरास्थित बिक्री केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक विद्यालयलाई पालिकाअनुसार समय तालिका बनाएर बेनीबाट वितरण गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कका आधारमा प्रतिकक्षा एक हजार चार सयदेखि एक हजार नौ सय सेटको हाराहारीमा पुस्तक आयात गरिएको थियो । म्याग्दीमा वार्षिक रु एक करोड मूल्य बराबरको पुस्तक खपत हुन्छ ।

    अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले आइतबारदेखि विद्यालय भर्नासँगै विद्यार्थीलाई हातहातमा पुस्तक वितरण गर्न थालिएको बताउनुभयो । बेनी नगरपालिका–१० को विद्योदय आधारभूतका प्रअ गोविन्द पौडेलले समयमै विद्यार्थीको हातमा पुस्तक उपलब्ध भएपछि सिकाइ उपलब्धि वृद्धिमा सहयोग पुग्ने बताए ।

    “विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन्,” उहाँले भन्नुभयो, “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।” यसपालि निजी छापाखानामा पनि पुस्तक छपाइ भएकाले पठनपाठन सुरु हुनुअघि नै विद्यार्थीको हातमा पुस्तक पु¥याउन सफल भएको बेनीको प्रकाश माविका शिक्षक शिव पौडेलले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.