Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मैदान अभावमा खेल सञ्चालन गर्न असहज

    मैदान अभावमा खेल सञ्चालन गर्न असहज

    By सूचनापाना७ बैशाख २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

    SuchanaPana.com

    मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिताका लागि मैदान भने अभाव छ । मेलम्चीमा रु १४ करोडको लागतमा निर्माणाधीन रङ्गशाला २०७८ को बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदानको अभाव छ ।

    मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढे पनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज भएको स्थानीय सागर श्रेष्ठ बताउछन् । अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी तयार हुने क्रम भने उत्साहजनक छ । सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ । यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किँदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन ।

    क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि उपयुक्त मैदान नै छैनन् । स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गर्नुपर्ने स्थानीय खेलाडी माइते तामाङ बताउछन् । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसोे विद्यालयका साँघुरा चौरमा हुने गर्छन् ।

    जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ । जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ । तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल सङ्घका उपाध्यक्ष रामचन्द्र सापकोटा बताउछन् । खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ ।

    जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताउछन् । ‘म जस्ता फुटबल खेलाडी धेरै तयार हुन सक्छन्’, उनले भने, ‘यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ ।’ नगरको १३ वटै वडामा खेल मैदान निर्माण अभियान रहेकोमा केही वडामा सुरु भइसकेको र केहीमा बजेट विनियोजनको तयारीमा रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।

    त्यस्तै मेलम्चीका वडामा क्षेत्र तथा नगरस्तरको विभिन्न खेल सञ्चालन गर्न सकिने मैदान निर्माण गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको उनले बताए । यसका लागि नगरको मात्र बजेटले नपुग्ने हुँदा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाइ छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.