Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » डिस्चार्ज भएर आजै राष्ट्रपति पाैडेल स्वदेश फर्किने कार्यक्रम छ – शितल निवास

    डिस्चार्ज भएर आजै राष्ट्रपति पाैडेल स्वदेश फर्किने कार्यक्रम छ – शितल निवास

    By सूचनापाना१७ बैशाख २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं। भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज भई आइतबार राति स्वदेश फर्किन लागेको जनाएको हो ।

    SuchanaPana.com

    ‘राष्ट्रपतिको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    पेट र छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका पौडेल ६ वैशाखमा एयर एम्बुलेन्समार्फत गएर दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना भई थप उपचार गराइरहेका छन् ।

    राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्णपाठ :

    सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या आई पछिल्लो पटक मिति २०८० साल वैशाख ५ गते शिक्षण अस्पातलमा भर्ना हुनुभएकोमा थप उपचारका लागि मिति २०८० साल वैशाख ६ गते भारत प्रस्थान गर्नु भएको र दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना हुनु भएको सर्वविदितै छ । उक्त अस्पतालमा उहाँको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई अझ केही हप्ता आराम गर्ने सुझाव दिनुभएको छ ।

    सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य उपचारमा संलग्न नेपाली र भारतीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू, उहाँको स्वास्थ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू तथा भारत सरकारलाई समेत उहाँले धन्यवाद दिनु भएको व्यहोरा जानकारी गराउँदछु ।

    २०८० साल वैशाख १७ गते आइतबार ।

    सागर आचार्य
    प्रवक्ता

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.