Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मोहनबहादुरलाई छेकेन उमेरले, ६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए

    मोहनबहादुरलाई छेकेन उमेरले, ६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए

    By सूचनापाना२८ बैशाख २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । शिक्षा हासिल गर्ने इच्छालाई कसैले पनि रोक्न सक्दैन। लिखुतामाकोशी गाउँपालिका बिजुलिकोटका ६६ वर्षीय मोहनबहादुर महतको इच्छालाई पनि न उनको उमेरले रोक्न सक्यो न परिस्थितिले । वृद्धावस्थामा पनि कक्षा ७ मा भर्ना भएर महतले शिक्षा हासिल गर्ने इच्छालाई जोशिलो बनाए ।

    SuchanaPana.com

    अचेल मोहनबहादुर महत र उनकी श्रीमती रामकुमारी कार्की महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडी सँगै उनिहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेशाले जीवनको गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोश बढेको छ ।ईसिडिमा पढ्ने र कक्षा २ मा पढ्ने सानी छोरीहरूलाई डोहोर्याउँदै लिखुतामाकोशी गाउँपालिका वडा नं. ४ बिजुलिकोटमा रहेको भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानी पुग्छन महत दम्पती ।

    मोहनबहादुर र रामकुमारी जस्तै जानुका महत र बैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँग सँगै विद्यालय जान्छन् । बालापनमा विविध कारण पढ्न नसकेको गुनासो पोख्छन् मोहनबहादुर । उनि भन्छन् – पढ्न त धेरै मन थियो बालखा हुँदा तर पढ्न सकिएन । अब यो उमेर भए पनि पढ्न मन लाग्यो । पढाई विना केहि नहुने रहेछ भनेर यो उमेरमा बुझियो ।

    महत दम्पती जस्तै महिला स्वयमसेविकाहरू पनि विद्यालयमा भर्ना भएका छन् । नेपाल सरकारले महिला स्वयमसेविकाको शैक्षिक योग्यता कक्षा ८ पास अनिवार्य गरे सँगै महिला स्वयमसेविका जानुका महत र पार्वती महत पनि विद्यालय भर्ना भएका हुन् । सँधै सानो छोरो लिएर विद्यालय आउने र दिनभरि छोरो कुरेर बस्ने निर्मला तामाङ पनि छोरो पढ्ने विद्यालयमै भर्ना भए ।

    महत दम्पती जस्तै अरु पनि विद्यालय भर्ना भएको भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीका प्रधानाध्यापक केवलबहादुर तिमल्सेना बताउँछन् ।उनका अनुसार अन्य १२ जना विद्यालयमा भर्ना भएका छन । बढ्दो उमेरमा पनि आफ्नो बालबच्चा सँगै पढ्न भर्ना भएका अभिभावकहरूको जोश देखेर प्रधानाध्यापक तिमल्सेना पनि मख्ख छन् । तिमल्सेनाका अनुसार, ६६ वर्षिय मोहनबहादुर बस्नेत कक्षा ७ मा भर्ना भएका छन भने ५० वर्षकी उनकी श्रिमती रामकुमारी महत कक्षा ३ मा भर्ना भएकी छिन् ।

    विद्यालयमा पढ्न ४१ वर्षकी जानुका महत कक्षा ३ मा, ४१ वर्षकै प्रमिला महत कक्षा, ४५ वर्षकी मिथुला महत कक्षा ७ मा, ४० वर्षकी पार्वती महत कक्षा ७ मा, ४५ वर्षका धनबहादुर महत कक्षा ८ मा, ४४ वर्षका बैकुन्ठ महत कक्षा ८ मा, ३२ वर्षकी लोकुमाया श्रेष्ठ ७ मा, २८ वर्षकी निर्मला तामाङ कक्षा ९ मा र ४४ वर्षकी सुकुमाया महत कक्षा ७ मा भर्ना भएका छन् ।

    भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीको भर्ना अभियानका कारण आफू केहि हद सम्म सफल भएको प्राधानाध्यापक तिमल्सेना बताउँछन् ।

    विद्यार्थीका आमाबाबु नै विद्यालयमा पढ्न आउँदा विद्यार्थी व्यवस्थापनमा सहज हुने समेत तिमल्सेना बताउँछन् । उनी भन्छन – अभिभावक नै विद्यार्थी बनेर आए पछि पढाइको गुणस्तरको समेत निग्रानी हुनाले विद्यालयको पढाईको नजिता अब्बबल आउँनुका साथै विद्यालय व्यवस्थापन समितिमा पनि पढेबुझेका अभिभावक आउनाले शैक्षिक सुधारमा उल्लेखनिय योगदान पुग्ने देखिन्छ ।

    पढ्ने उमेरलाई उमेरले र विधि पद्धतिले नछेक्ने कुरा लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत बताउँछन् । उनि भन्छन् – बृद्धा अवस्थामा समेत पठनपाठनका लागि विद्यालय भर्ना हुनु भएकाहरूलाई पालिकाले स्वागत गर्छ । यो बिद्यालय भर्ना चर्चाका लागि मात्रै नभई पढ्नकै लागि होस ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.