काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
