Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » घरघरमा धारा बनेपछि स्थानीय खुसी, भन्छन्- घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ

    घरघरमा धारा बनेपछि स्थानीय खुसी, भन्छन्- घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ

    By सूचनापाना१ जेष्ठ २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् ।

    SuchanaPana.com

    मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै १० वर्षभन्दा बढी समय लगाएर पाँच किलोमिटर टाढाको पहरोलाई छिचोल्दै कुँडुले खोलाबाट पानी ल्याएर पाँच सय ९९ धारा बनाउन सफल भएको समितिका अध्यक्ष जिमी तामाङले जानकारी दिए ।

    खानेपानी तथा सरसफाइ विकास कार्यालयको सहयोगमा रू तीन करोड १८ लाख सहयोगमा घर–घरमा खानेपानीको धारा बनेपछि दीपबहादुर खड्का निकै खुसी देखिन्छन् । वर्षौंदेखि पानीको ठूलो समस्या भोगे पनि अहिले घरघरमै धारा र २४ सै घण्टा पानी आउन थालेपछि उनले सबैलाई धन्यवादसमेत दिए ।

    चौतारा साँगाचोकगढी नगरपालिका–७ को नेपानेवासीले एक सय १९ धारा पाएका छन् । नगरको ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत घरघरमा धाराको व्यवस्था गरिएको हो । नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयवासीमा खुसी भरिएको छ । सुख्खा क्षेत्रको रुपमा चिनिएको सिरुबारीको नेपानेमा धारा बनेपछि खानेपानीसँगै करेसाबारीमा पानी लगाउन सहज भएको वडा अध्यक्ष डम्बरबहादुर तामाङले बताए ।

    चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयवासीले गाग्री बोकेर पँधेरा धाउन पर्ने बाध्यता हटेको छ । यसअघि खानेपानीको लागि उनीहरु बस्ती नजिकैको छाँगाखोलामा जानुपर्ने बाध्यता थियो । अहिले घरघरमा धारा निर्माण भएपछि टाढासम्म जानुपर्ने दिन अन्त्य भएकोमा स्थानीयवासी खुसी छन् ।

    स्थानीय ६५ वर्षीया बुद्धिमाया घलेले भने, “काँधमा बच्चा र आङमा पानीको गाग्री बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको छ । पहिले पहिले बिहान भाले बास्ने वित्तिकै घरदेखि एक किलोमिटर परको छाँगाखोलामा पानी लिन जानेको लस्कर नै हुन्थ्यो ।”, उनले भने, “केही दिन अघिसम्म सामुदायिक धारामा जाने गरेका थियौँ अहिले घरघरमा नै धारो बनेको छ खुसी छौँ ।”

    गाउँमा एक सय पाँच घरधुरी रहेकोमा एक विद्यालयसहित २१ घरधुरीलाई एक घर एकधारा वितरण गरिएको छ । आयोजना निर्माणका लागि नगरपालिकाले रू १० लाख २६ हजार आठ सय ८९ र सेवक नेपालले रू पाँच लाख सहयोग उपलब्ध गराएको थियो । उपभोक्ताबाट रू तीन लाख ४० हजार दुई सय बराबरको श्रमदान गरी कूल रू १८ लाख ६७ हजार ९७ लागतमा घरघरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको समितिको कोषाध्यक्ष सरोजा घलेले जानकारी दिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.