Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अन्तर्राष्ट्रिय उडान विहीन बन्याे गौतम बुद्ध विमानस्थल, पोखरामा अनुमति लिन ‘कोही आएन’

    अन्तर्राष्ट्रिय उडान विहीन बन्याे गौतम बुद्ध विमानस्थल, पोखरामा अनुमति लिन ‘कोही आएन’

    By सूचनापाना२ जेष्ठ २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    बीबीसी,

    SuchanaPana.com

    काडमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भन्दै बनाइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको छ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय उडान गर्दै आएको एक मात्र कुवेतको जजीरा एअरवेजले उडान बन्द गरेपछि उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको हो।

    “व्यावसायिक कारणले अहिले उडान रोकेको भन्दै उहाँहरूले हामीलाई पत्राचार गर्नुभएको छ,” विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

    विमानस्थल अधिकारीका अनुसार गत ज्यानुअरी र फेब्रुअरीमा हुस्सुका कारण उडान नगरेको जजीरा एअरवेजले त्यसपछि केही उडान गरेर फेरि बन्द गरेको थियो।

    “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एप्रिल १९ तारिखमा उहाँहरूले अन्तिम उडान गर्नुभएको रेकर्ड छ,” बज्राचार्यले भने।

    जजीरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिनबाट अर्थात्‌ गत जेठ २ गतेदेखि सातामा तीनवटा उडान गर्दै आएको थियो। त्यसबाहेक हिमालय एअरलाइन्सले डेढ महिनाजति त्यहाँबाट सिङ्गापुरका लागि उडान गरेको थियो।

    कारणबारे विभिन्न तर्क

    जजीरा एअरवेजले उडान बन्द गर्नुको कारण व्यावसायिक पक्ष मात्र उल्लेख गरे पनि विभिन्न तर्कवितर्क सुनिएका छन्। एकथरीले पर्याप्त यात्रु नपाएको भनिरहेका छन् भने अर्कोथरीले रातिको समयमा विमानस्थलले उडान अनुमति नदिएकोले बन्द गरेको बताइरहेका छन्।

    प्रवक्ता बज्राचार्यले पर्याप्त यात्रु नपाएको स्वीकारे पनि रात्रिकालीन उडान अनुमति दिन नसकिने कुरा सत्य नभएको दाबी गरे। “उहाँहरूले ‘अर्ली मोर्निङ’ भन्नुभएको थियो। तर उडानलाई निरन्तरता दिने भए त सायद गर्नुहुन्थ्यो होला,” उनले भने।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्ननाथ निरौला पनि रात्रिकालीन उडानका लागि अनुमति दिन नसकिने कुरा “साँचो” नभएको बताउँछन्। “जजीरा एअरवेजले अहिले आफ्नै कारणले अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो। हामी त जति बेलाका लागि पनि उडान अनुमति दिन तयार छौँ,” बीबीसीसँग उनले भने।

    ‘इन्स्ट्रुमन्ट ल्यान्डिङ सिस्टम’ जडान भए पनि भारत सहमत नहुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म त्यसको प्रयोग गर्न सकेको छैन। त्यसको प्रयोग गर्न पाएको भए कम भिजिबिलिटी अर्थात् दृश्यात्मकतामा विमान उडाउन र अवतरण गर्न सहज हुने अधिकारीहरू बताउँछन्।

    निरौलाका अनुसार इन्स्ट्रुमन्ट ल्यान्डिङ सिस्टमको प्रयोगका लागि सहमति जनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी भारत भ्रमणका क्रममा कुरा हुन सक्छ। “कर्मचारी तहमा कुरा हुँदा भारतीय पक्ष त्यसमा सहमत नै देखिएको छ। प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा यो विषय टुङ्गिने हामीले आशा गरेका छौँ,” निरौलाले भने। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन।

    पोखरा विमानस्थलबाट कहिले?

    एकातिर अन्तर्राष्ट्रिय उडान हुँदै आएको गौतम बुद्ध विमानस्थलबाट उडान स्थगित भएको छ भने अर्कोतर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नै सुरु हुन सकेको छैन। उक्त विमानस्थलले पनि अहिले गौतम बुद्ध विमानस्थलले जस्तै आन्तरिक उडानहरू मात्रै गर्दै आएको छ।

    अन्तर्राष्ट्रिय उडानका लागि कुनै विदेशी वायुसेवा प्रदायक कम्पनीले अनुमति नलिएको विमानस्थलका महाप्रबन्धक विक्रमराज गौतम बताउँछन्। “हामी उडान गर्छौँ, त्यसका लागि यी-यी सुविधा चाहिन्छ भनेर अहिलेसम्म कतैबाट प्रस्ताव आइसकेको छैन,” बीबीसीसँग उनले भने। “फलानो मितिबाट फलानोले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भन्नेबारे त्यस्तो केही छैन।”

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.