Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अज्ञात रोगबाट भीमफेदी कारागारका ३० जना कैदीबन्दी बिरामी

    अज्ञात रोगबाट भीमफेदी कारागारका ३० जना कैदीबन्दी बिरामी

    By सूचनापाना९ जेष्ठ २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    मकवानपुर । मकवानपुरको भिमफेदीमा रहेको कारागारका ३० जना बन्दीहरू अज्ञात रोगबाट बिरामी परेका छन् । आज (सोमबार) ३० जना कैदीबन्दी एकैपटक बिरामी परेको कारागार स्रोतले जनाएको छ ।

    SuchanaPana.com

    मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए ।

    कारागार प्रशासक पौडेलका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको थियो । दिनभर बिरामीको संख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा कारागारमै उपचार गरिरहेको पौडेलले बताए ।

    प्रशासक पौडेलका अनुसार दुई जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी अहिले कैदीबन्दीको उपचार गरिरहेका छन् । केही कैदीबन्दीले मानिस नै नचिनेको प्रतिक्रिया दिएपछि थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहयोग मागेको उनले बताए ।

    उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूमा मनोसामाजिक समस्या देखा परेको हुनसक्ने बताइएको छ । विषाक्त खानाका कारण बिरामी भएको आशंकामा स्वास्थ्य परीक्षण गर्दा यस्तो नकारात्मक नतिजा नआएको पौडेलले बताए ।

    इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले कैदीबन्दी बिरामी भएको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

    विभिन्न मितिमा सजाय तोकी कारागारमा रहेको विभिन्न मुद्दाका २९ जना कैदीबन्दीहरूलाई अचानक झाडा पखाला लागी बिरामी भएकाले निजहरूको सोही कारागारमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ जना डक्टर, ४ सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदी मकवानपुरबाट १ जना डक्टर, ४ सहयोगी गरी जम्मा ११ जनाको टोलीले आवश्यक औषधीसहित खटिएर सबै बिरामीलाई स्लाइन पानी दिई उपचार गराई रहेको इप्रका भिमफेदीले जनाएको छ ।

    कारागारमा हाल १ हजार १०८ जना कैदीबन्दी रहेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.