Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

    न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

    By सूचनापाना१६ जेष्ठ २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उड साइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।

    SuchanaPana.com

    उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।

    क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्यूयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो । ”

    सोमवार आयोजित कार्यक्रमपछि राससलाई प्रतिक्रिया दिँदै उनले भने, “यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो ।”

    कार्यक्रममा सहभागी भएका र लामो समयदेखि न्यूयोर्कमा बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गरे । उनले भने, “सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

    यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल भएका थिए । त्यसैले सोमबार ७०औं सगरमाथा दिवस पनि मनाइएको थियो । सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी भएका थिए । नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम…

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार

    मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

    ३० जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.