रामेछाप । मन्थलीमा १५ वर्षीय बालकले झुन्डिएर आत्महत्या गरेका छन् ।
मन्थली बजारबाट होटेल पाहुना घर हुँदै भैशेश्वर निस्कने सडक तर्फको मध्यमार्गी टोलमा खाँडादेवी गाउँपालिका वडा नं ८ घर भई कोठा लिएर बस्दै आएका छविलाल श्रेष्ठका १५ वर्षको जेठो छोरा आदित्यले कोठाको फ्यानमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
छविलालका जेठो छोरा आदित्य विगत ४ वर्षदेखि बाथ रोगबाट पीडित थिए । उनले बिहीबार राति अन्दाजी ३ बजे पंखामा ९फ्यान० पासो लगाएर झुन्डिएको अवस्थामा बुबाले फेला पारेका हुन् ।
