Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गोल्छा ग्रुपले इन्डियनआयलसँगको संयुक्तलगानीमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

    गोल्छा ग्रुपले इन्डियनआयलसँगको संयुक्तलगानीमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

    By सूचनापाना२० जेष्ठ २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसससँग संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने भएको छ।

    SuchanaPana.com

    नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ। र यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ।

    यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुनेछ। आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधीकरणको परिकल्पना पनि गरिएको छ।

    यस बारेमा बोल्दै गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान शेखर गोल्छाले भने ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ। यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत योजना छ। यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ। हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षेत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं।’

    यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित रहेको बताइएको छ। ‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना महत्वपूर्ण कोसेढुंगा मानिएको छ।

    यो संयुक्त लगानी सम्झौताले दुवै साझेदारहरूको दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासहरू प्रति साझा प्रतिबद्धता जनाउने बताइएको छ। यो ऐतिहासिक सहकार्यले नेपालको विकास र समृद्धिलाई प्रोत्साहन गर्ने साझेदारीको नयाँ अध्यायको प्रेरणादायी सुरुवात गर्नेछ।

    गोल्छा समूह र इन्डियन आइलबीचको संयुक्त उद्यमले आगामी पुस्ताका लागि उज्यालो भविष्यको लागि मार्ग प्रदान गर्नेछ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.