Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » खाँडादेवी ६ सार्वजनिक सुनुवाइ

    खाँडादेवी ६ सार्वजनिक सुनुवाइ

    By सूचनापाना२७ जेष्ठ २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ ले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारीता बारे सार्वजनिक सुनुवाइ गरेको छ ।

    SuchanaPana.com

    चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित कुल रकम ९९ लाख २७ हजार मध्य विकास निर्माण योजना अन्तर्गत ५४ लाख रकम ६ वटा मुल शिर्षक अन्तर्गत काम गरिएको वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

    खानेपानी ट्यांकी कुवा निर्माण तथा पाइप खरिद योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३३ लाख ७७ हजारलाइ ३२ वटा योजनाहरुमा विभाजित गरी काम गरिएको उनले बताए । त्यसमध्य २७ वटा योजना सम्पन्न भइसकेको र बाँकी ५ वटा योजना चालु अवस्थामा रहेको बताए ।

    गोरेटो बाटो चौतारा तथा प्रतिक्षालय निर्माण योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख ३५ हजारलाई ८ वटा योजनाहरुमा विभाजित गरी ३ वटा योजना सम्पन्न भइसकेको र ५ वटा योजना चालु अवस्थामा रहेको अध्यक्ष कार्कीले बताए ।

    मठ मन्दिर तथा गुम्बा घेराबार उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३ लाख ७५ हजारलाई ४ वटा योजनाहरुमा विभाजित गरी काम भएको जसमा ४ वटै योजना सम्पन्न भइसकेका कार्कीले जानकारी दिए ।

    सिचाँइ ट्यांकी निर्माण तथा पाइप खरिद उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख १३ हजारलाई ५ वटा योजनाहरुमा विभाजित गरी कार्य गरेका छौ जसमा २ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी ३ वटा योजना चालु अवस्थामा रहेको छ उनले भने ।

    सडक मर्मत कोष उपभोक्ता समिति अन्तर्गत २७ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको भएता पनि सो योजना सञ्चालनका लागि पालिका अध्यक्षबाट रोक्का भएको उनले बताए ।

    महाजनटोल भटौली धर्मशाला गोरेटो बाटो निर्माण अन्तरगत ३ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको तर पटक पटक ताकेता गर्दा समेत उपभोक्ता समिति सम्पर्कमा नआएको बताए ।

    घरेलु तथा शिपमुलक कार्यक्रम सञ्चालन अन्तर्गत रु १ लाख २७ हजार रकम विनियोजन भएकोमा बासबाट बनाइने घरेलु सामाग्रीको तालिम गराइ कार्यसम्पन्न भइसकेको छ । स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङगता तथा दलित लक्षित गरी जनचेतना तथा सम्मान कार्यक्रम अन्तरगत २ लाख ५० हजार रकम विनियोजन भएकोमा सबै रकम रकमान्तर गरी शिक्षा क्षेत्रमा उपचारात्मक कक्षा सञ्चालनका लागि १ लाख ५० हजार रकम माध्यमिक विद्यालयमा प्रदान गरिएको र कक्षा सञ्चालित अवस्थामा रहेको बताए ।

    वडागत सार्वजनिक सुनुवाई कार्यक्रम, स्वास्थ्य स्वयसेविका सम्मान, उत्कृष्ठ शिक्षक सम्मान, वडास्तरीय वा ५ कक्षामा उत्कृष्ठ अंक ल्याइ उत्तिर्ण भएका ३ जना विद्यार्थीलाई सम्मान लागि १ लाख रकम छुट्याइएको वडाध्यक्ष कार्कीले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.