कुरिनटार । अब कृषिमा जसले उत्पादन गर्छ उसैलाई मात्र प्रात्साहन गर्ने निति लिने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आज गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने गरी ‘जसको उत्पादन उसैलाई प्रोत्साहन’ गर्ने निति लिने बताए ।
गाउँपालिकाले सार्वजनिक गरेको निति तथा कार्यक्रममा ‘उत्पादनमा आधारित प्रोत्साहन उपलब्ध गराउन प्रोत्साहन प्रदान गरिने उत्पादनको सूची प्रकाशन गरी तथ्याङ्क संकलनको व्यवस्था मिलाइनेछ।
“जसको उत्पादन उसैलाई प्रोत्साहन“ कार्यक्रम कार्यविधि वनाई कार्यान्वयनमा ल्याइने छ ।’ भन्ने बुदाँ समेटिएको छ ।
