रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१का लागि ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।
प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट ५८ करोड ९८ लाख ३५ हजार ७ सय, बागमती प्रदेश सरकारबाट ८ करोड ९७ लाख ३५ हजार ७ सय २५ रुपैयाँ र आन्तरिक स्रोततर्फ जलविद्युत रोयल्टीबाट ५ करोड ५० लाख तथा विभिन्न कर शुल्क लगायतबाट ४ करोड ३७ लाख ७ सय गरी ९ करोड ८७ लाख २१ हजार ७ सय ७५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटले पुँजीगत खर्चमा वृद्धि र गुणस्तरीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा समेटेको छ ।